8 years ago
August 9, 2017
वेस्ट ह्याम (एजेन्सी)– जाभियर हर्नान्डेजले पूर्व क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध आइतबार हुने प्रिमियर खेलको लागि आफु पूर्ण रुपमा फिट रहेको बताएका छन् । त्यो खेलमा गोल गरे भने त्यसको खुसीयाली माउने नमाउने विषयमा भने निर्णय लिइ नसकेको हर्नान्डेजले जनाएका छन् ।
ला लिगको रियल म्याड्रिड र बुन्डेसलिगाको बायर लेभरकुसनमा खेलेर उनी १६ मिलियन पाउन्डमा वेस्ट ह्याममार्फत यो सिजन पुनः प्रिमियर लिगमा फर्केका छन् । सन् २०१५ मा औपचारिक रुपमा युनाइटेड छाडेका हर्नान्डेज यसपटक पुरानो मैदानमा फर्कने भएका छन् ।
‘यदि त्यो खेलमा म गोल गर्न सफल भए भने अनुमान गर्नुस् त्यो कति भावुक क्षण होला ’ हर्नान्डेजले भने, ‘पुरानो क्लब, पुराना समर्थक र पुरानो मैदान त्यसले सायद म खुसीयाली साट्न सक्दिन । तर,पुरानो क्लब, पुराना समर्थक सामू तर पुनरागमनपछि नयाँ क्लबका लागि पहिलो गोल गर्न सके भने त्यसले मनोबल उच्च पार्ने छ । त्यसैले म के गर्छु थाहा छैन ।’
तर उनले खुसीयाली साट्ने विषयमा सोच्न नचाहेको पनि प्रष्ट पारे । ‘मैले सुरुआत गर्न पाए भने जति सक्दो राम्रो गर्न पर्छ भन्ने मात्र सोचिरहेको छु’ हर्नान्डेजले भने, ‘गोल गर्न र टोलीलाई जित दिलाउन सके भने म खुसी हुनेछु ।’ युनाइटेडका पूर्व प्रशिक्षक एलेक्स फर्गुसनसँग पछिल्लो समय कुराकानी नभएको उल्लेख गर्दै हर्नान्डेजले आइतबार ओल्ड ट्राफोर्डमा भेट हुने अपेक्षा गरे ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]