8 years ago
August 9, 2017
लन्डन (एजेन्सी)– आर्सनल तथा चिलीका फरवार्ड एलेक्सिस सान्चेज चोटका कारण दुई साता मैदान बाहिर हुने भएको छन् । प्रशिक्षण दौरान पेटमा चोट लागेपछि उनी दुई साता मैदान बाहिर रहने भएका हुन् । चोट लागेपछि साञ्चेजले प्रिमियर लिगका सुरुवाती दुई खेल लेष्टर सिटी र स्टोक सिटीविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ ।
साञ्चेजको चोटबारे बोल्दै आर्सनलका प्रशिक्षक आर्सन वेंगरले उनी दुई खेलको लागि उपलब्ध नहुने बताए । ‘आइतबारको प्रशिक्षण दौरान साञ्चेजलाई सामान्य चोट लागेको थियो । चोटसँगै दुई दिनअघि उनको चोटको परिक्षण गरिएको थियो,’ वेंगरले भने, ‘मलाई थाहा छैन, साञ्चेज दुई साता वा थप अर्को एकसाता मैदान रहन पनि सक्नेछन् ।’
क्लबसँग एक वर्ष भन्दा कम सम्झौता बाँकी रहेकाले नयाँ सम्झौतका विषयमा वेंगरले भने,‘त्यो सधै सम्भावना रहन्छ । खेलाडीको सम्झौताको अन्तिम वर्षमा आइपुग्दा नविकरणको सम्भवना जहिले रहन्छ । नयाँ सम्झौता नगर्नु पर्ने कुनै कारण छैन । तर अहिले त्यहाँ पुगेका छैनौं ।’
पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट सान्चेजका लागि प्रस्ताव आएको छ भन्ने प्रश्नको जवाफमा वेंगरले भने, ‘छैन । पिएसजीका अध्यक्ष नासिर अल खालिफासँग मेरो कुरा भएको छैन । नेयमारको सुरुवामा उनी व्यस्त भएको हुन सक्छ । उनीहरु केलियन बाप्पेको विषयमा लागेका छन् भन्ने पत्रिकामा पढे । त्यसैले पिएसजीसँग अहिले सम्पर्क भएको छैन । प्रस्ताव आएपनि म बताउने छैन । कुनै पनि प्रस्तावको खुलासा हामी गदैर्नौ ।’
तर आर्सनलका लागि सान्चेजको मात्र होइन अन्य खेलाडी पनि चोटग्रस्त छन् । मेसुट ओजिल, आरोन रामसे, साकोर्डन मुस्ताफी पनि चोटका कारण खेल्नेमा शंका छ । ‘चेल्सीविरुद्ध खेलमा धेरै खेलाडी शंकामा छन्’ वेंगरले भने, ‘उनीहरु तयार हुन्छन्, हुँदैनन् थाहा छैन । रामसे, ओजिल, पेर मेर्टेस्कार चोटग्रस्त छन् । लाउरेन्ट कोसेन्ली प्रतिबन्धमा छन् । ’
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]