default_image

8 years ago

August 9, 2017

इब्राहिमोभिच फेरी युनाइटेड पुग्ने सम्भावना !

79 views

0 Bookmark

युनाइटेड (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचलाई पुनः क्लबमा आबद्ध गर्ने विषयमा म्यानचेस्टर युनाइटेडले प्रक्रिया अघि बढाइरहेको सञ्चारकर्मीले बताएका छन् । गार्जियन र स्काई स्पोर्टसका पत्रकार फार्बिजियो रोमानोले इब्राहिमोभिचलाई फर्काउने प्रक्रिया चलिरहेको दाबी गरेका छन् ।

गत सिजनको समाप्तीसँगै युनाइटेडसँगको इब्राहिमोभिचको सम्झौता सकिएको थियो । अप्रिलमा घुडाँमा चोट लागेपछि उनी मैदान बाहिर छन् । ३५ वर्षे स्वीडिस स्टारले अप्रिलको अन्त्यमा सम्झौता नविकरणका लागि क्लबले गरेको प्रस्ताव अस्विकार गरेको बताइएको थियो ।

पछिल्लो केही सातायताको घटनाक्रमले भने इब्राहिमोभिच पुनः युनाइटेडको जर्सीमा देखिन सक्ने अपेक्षा गरिएको छ । युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले पनि इब्राहिमोभिचसँग नयाँ सम्झौता हुन सक्ने बताएका थिए । त्यस्तै टोलीका सदस्य पाउल पोग्बाले सम्झौता सकिएपछि पनि इब्राहिमोभिच अझै पनि नेतृत्व गर्न सक्षम रहेको बताएका थिए ।

एलए ग्यालेक्सी र नयाँ क्लब एलए एफसीले भित्राउन चाहेपनि इब्राहिमोभिचले अझै आफ्नो बारेमा निर्णय गरिसकेका छैनन् । युनाइटेडले इब्राहिमोभिचसँगको सम्झौता टुंगिएसँगै इर्भटनबाट रोमेलु लुकाकुलाई ७५ मिलियन पाउन्डमा भित्राएसकेको छ । सिजनको दोस्रो सत्रका लागि इन्टर मिलान, एसी मिलान, बार्सिलोना र पिएसजीका पूर्व स्टार इब्राहिमोभिच प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ । फरवार्डमा विकल्प तयार पार्नका लागि पनि उनको सम्झावना बढी रहेको अनुमान गरिएको छ ।

यद्दपी उनी पूर्णरुपमा फिट हुन भने बाँकीे छ । पछिल्ला सातामा सामाजिक सञ्जालमा आएका सामग्रीले उनी फिट हुने क्रममा रहेको र डिसेम्बर सम्म मैदानमा फर्कने अपेक्षा गरिएको छ । उनी अहिले खुला सरुवामा रहेका कारण कुनै पनि समय क्लबमा आबद्ध हुन सक्छन् ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.