default_image

8 years ago

August 9, 2017

रियलका इस्को सम्झौता नविकरणको निकट

87 views

0 Bookmark

म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका स्टार इस्को क्लबसँग नयाँ सम्झौताको निकट रहेको बताएका छन् । जिनेदिन जिदानको टोली रियलले मंगलबार युइएफले सुपर कप फाइनलमा म्यानचेस्टर युनाइटेडलार्ई २–१ ले हराउँदा इस्कोले निर्णायक गोल गरेका थिए ।

रियलमा भविष्यलाई लिएर गरिएको प्रश्नमा जवाफमा दिने क्रममा इस्को सम्झौता नविकरणको लागि उत्साहित रहेको उल्लेख गर्दै भने,‘यो चाँडै हुनेछ । हामी त्यसको निकट छौं ।’ मालागाका पूर्व खेलाडी इस्कोले युनाइटेडविरुद्ध मिडफिल्डमा उच्च प्रदर्शन गरेका थिए ।

२५ वर्षे उनले निर्णायक गोलपछि क्लबसँग लामो समय रहन चाहेको प्रष्ट पारेका थिए । स्पेनका अन्तर्राष्ट्रिय उनले भने,‘रियल निकै बलियो टोली हो । हामी सबै खुसी छौं । हामीले एउटा टोलीका रुपमा उच्च प्रदर्शन गर्दै आएका छौं । जित नै हाम्रो एकमात्र लक्ष्य हो । ’

समग्रमा रियल उत्कृष्ट टोली रहेपनि उनले युनाइटेडको मेहनतको कदर पनि गरे । ‘युनाइटेड निकै बलियो छ । तर पनि हामी उत्कृष्ट रह्यौं । हाम्रो टोली निकै उत्कृष्ट छ । टोलीका स्टाफले पनि उत्कृष्ट काम गरेका छन् । हामी असफल नहुनुको कारण ड्रेसिङ रुपमा भएको हामीबीचको सम्बन्धले हो । हामी एउटा विजेता समूहका रुपमा विकसित भएका छौं ।’

युनाइटेडको रक्षापक्तिलाई छलाउँदै इस्कोले रियलका लागि विजयी गोल गरेका थिए । उनले भावुक हुँदै भने, ‘म यो जित मेरो छोरा र परिवारलाई समर्पित गर्न चाहन्छु, जो स्वर्णमा छन् । ’ उनले युनाइटेडलाई उत्कृष्ट खेलाडी रहेको बलियो र स्पष्ट लक्ष्य लिएको टोलीका रुपमा व्याख्या गरे ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.