8 years ago
August 9, 2017
म्यासेडोनिया (एजेन्सी) – युरोपा लिगको साविक विजेता म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै गत सिजनको च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडले युएइफा सुपर कपको उपाधि जितेको छ। मंगलबार राति भएको खेलमा स्पेनिस टोली म्याड्रिड २-१ले विजयी भएको हो।
खेलको २४औं मिनेटमा मिडफिल्डर क्यसेमिरोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो। ड्यानी कर्भाजलको क्रसमा क्यसेमिरोले डिफेन्डरहरुलाई बिट गर्दै डी-बक्स भित्र उत्कृष्ट गोल गरेका थिए। दोश्रो हाफको ५२औं मिनेटमा मिडफिल्डर इस्को र ग्यारेथ बेलले राम्रो मुभ बनाएपछि म्याड्रिडले अग्रता दोब्बर बनायो। इस्कोले बक्स बाहिरबाट १-२ पास खेल्दै ३ जना डिफेन्डरलाई छलेर बेलबाट पाएको फिर्ता पासमा सजिलै गोल गरेका थिए।
खेलको ६२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेड खेलमा फर्कने संकेत दिए। नेमान्जा माटिचले प्रहार गरेको सट गोलरक्षक नाभासले राम्रोसँग रोक्न नसक्दा आएको रिबाउन्डमा लुकाकुले गोल गरेका थिए। खेलमा दुवै तर्फबाट थप प्रयासहरु भएपनि गोल भने थप्न सकेनन्।
प्रशिक्षक जिदानले रोनाल्डोलाई पहिलो रोजाईमा राखेका थिएनन्। उनले खेलको अन्तिम केहि समयमात्र मैदानमा बिताएका थिए। यता मोउरिन्होले भने यस ट्रान्सफर विन्डोमा भित्र्याएका तीनै खेलाडीलाई पहिलो रोजाईमा उतारेका थिए।
रियलले यसै साताको अन्त्यमा स्पेनिस सुपर कपमा बार्सिलोनाको सामना गर्दैछ। २ लेगमा हुने खेलको दोश्रो लेग अर्को साता हुनेछ। यता म्यानचेस्टर युनाइटेड भने अर्को साताको सुरुदेखि प्रिमियर लिगमा व्यस्त हुनेछ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]