8 years ago
August 8, 2017
म्यासेडोनिया (एजेन्सी) – रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबीच केहि बेरमै सुरु हुने युएइफा सुपर कपको खेलमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्टार फरवार्ड क्रिस्तियानो रोनाल्डोलाई पहिलो रोजाईमा राखेका छैनन्।
प्रशिक्षक जिदानले प्रि सिजनमा कुनै खेल नखेलेका र केहि दिनमात्र प्रशिक्षणमा रहेकाले रोनाल्डोलाई पहिलो रोजाईमा नउतारेका हुन्। म्याड्रिडको टोलीमा फरवार्डको भूमिका करीम बेन्जेमा र ग्यारेथ बेलले निभाउँदै छन्। मिडफिल्डमा क्यसेमिरो र क्रुससँगै मोड्रीच र इस्को रहनेछन्। त्यस्तै डिफेन्समा कर्भाजल र मर्सेलोसँगै भारान र रामोस रहेका छन्। गोलरक्षकमा कलर नाभास रहेका छन्।
पूर्ण टोली:
रियल म्याड्रिड:
नाभास: कर्भाजल, भारान, रामोस, मार्सेलो: क्यसेमिरो, क्रुस, मोड्रीच, इस्को: बेल, बेन्जेमा
म्यानचेस्टर युनाइटेड:
डे हेय: भ्यालेन्सिया, लिन्डेलफ, स्मलीङ, डार्मियान: म्यटिच, हर्रेरा, पोग्बा: मिखीतार्यान, लिंगार्ड, लुकाकु
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]