8 years ago
August 8, 2017
म्यासेडोनिया (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफुलाई सम्हाल्न नसकेको भए आज म्यानचेस्टर युनाइटेडविरुद्ध हुने युइएफए सुपर कपको फाइनल गुमाउन सक्ने सम्भावना रहन्थ्यो । टोलीको बसबाट ओलर्ने क्रममा आज चिप्लिएका रोनाल्डोले आफुलाई समयमै सम्हाल्न सकेका कारण उनी लडेनन् र चोट लाग्नबाट जोगिए ।
बसको ढोकाको सिढीमा राखिएको टावेलमा रोनाल्डो चिप्लिएका थिए, तर उनी आफुलाई त्यत्तिनै छिटो सम्हाल्न सफल भए । रोनाल्डो युनाइटेडविरुद्धको टोलीमा समेटिएका छन् । रियलले रोनाल्डोको पूर्व क्लब युनाइटेडको सामना गर्दैछ । युरोपियन लिगको सिजन सुरु हुँदा च्याम्पियन्स लिग र युरोपा लिग विजेताबीच हरेक बर्ष सुपर कप हुने गर्दछ । रियल च्याम्यियन्स लिग र युनाइटेड युरोपा लिग विजेता हुन् ।
३२ वर्षे रोनाल्डो अघिल्लो साताबाट मात्र टोलीमा समावेश भएका हुन् । टोली प्रि सिजनका लागि अमेरिका भ्रमणमा रोनाल्डो थिएनन् । कन्फेडेरेसन कपमा भाग लिएपछि उनी विदामा बसेका थिए । यसबीचमा उनका जुम्ल्याहा सन्तान भएका थिए भने उनीले कर छलिको अभियोगमा अदालतमा जवाफ पनि दिनु परेको थियो ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]