8 years ago
August 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली यहि शुक्रबार जापान प्रस्थान गर्ने भएको छ। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीले यस भ्रमण निकै फलदायी हुने बताए। ‘यो कार्यक्रम जापानको परराष्ट्र विभागले ल्याएको हो। यसमा धेरै कार्यक्रमहरुसँगै हामीले केहि मैत्रीपूर्ण खेलमा पनि सहभागी हुने भएका छौँ। मलाई लाग्छ अहिले जाने २४ खेलाडीले त्यहाँ धेरै कुरा सिक्ने मौका पाउँछन्। हामीले स्तरीय टोलीसँग खेलेर आफुलाई तयार गर्ने मौका पाएका छौँ।’
उनले ताजिकिस्तानविरुद्धको खेलअघि मैत्रीपूर्ण खेलहरु राखिँदा निकै फाइदा पुग्ने बताए। ‘हामीले फिलिपिन्विरुद्धको खेल अगाडीकुनै खेल खेलेका थिएनौं। यमनसँग खेल्नुअघि हामीले भारतको मैत्रीपूर्ण खेलबाट गल्ति सुधार्ने मौका पायौं र खेल राम्रै भयो। अब जापानमा पुगेर गरेको तयारीले पक्कैपनि हामीलाई अझ बलियो बनाउनेछ।’
उनले मैत्रीपूर्ण खेलबाहेक त्यहाँ रहेका उच्च श्रेणीका क्लबहरुको प्रशिक्षण हेर्ने व्यवस्था मिलाउने प्रयास भइरहेको पनि बताए। ‘मैले जे१ लिग र जे२ लिगको टोलीका प्रशिक्षण हेर्न जाने व्यवस्था मिलाउँदै छु। त्यहाँ रहेर प्रशिक्षण गर्ने शैली लगायत खेलाडीहरुको फरक पहिल्याउने काम खेलाडी आफैंले गर्दा थप सहज हुने बुझाई छ। जापानमा यहाँ भन्दा सबैकुरा माथिल्लो स्तरकै रहेको छ। त्यसैले हामीले त्यहाँ देखेका सबै कुराको मनन गर्नुपर्छ।’
उनले नेपाली टोलीमा २ मुख्य खेलाडी रोहित चन्द र किरण चेम्जोङ नहुनाले भने केहि बेफाइदा पुगेको माने। ‘हामीले विदेशमा रहेका खेलाडीलाई पनि ल्याउने प्रयास गरेका हौँ। तर क्लबले उनीहरुलाई छाड्न मानेन। उनीहरु पनि सामेल भएको भए पक्कैपनि राम्रो हुने थियो तर दुवै खेलाडी निरन्तर खेलिरहेकाले खासै समस्या नहोला।’
नेपालले गाम्बा ओसाका यू २३ सँग खेल्दै जापानको मैत्रीपूर्ण खेलको यात्रा सुरु गर्नेछ । साउन ३२ देखि टोलीले लगातार ३ गते सम्म चार खेल खेल्ने छ। नेपालले साउन ३२ मा क्वान्सी ग्वाक्विन विश्वविद्यालय, भदौ १ मा अमिट्सि स्पोर्ट् क्लब, भदौ २ मा हनाम विश्वविद्यालय र भदौ ३ गते भिसेल कोबे यू १८ सँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोली १० दिनसम्म जापान रहनेछ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]