8 years ago
August 7, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडविरुद्ध मंगलबार उत्रने सम्भावना रहेको छ । च्याम्पियन्स लिग विजेता रियल र युरोपा लिग विजेता युनाइटेडबीच युइएफा सुपर कपमा प्रतिस्पर्धा हुँदैछ । प्रि सिजनमा नरहेका रोनाल्डो युनाइटेडविरुद्धको २४ सदस्यीय टोलीमा समेटिएका छन् ।
प्रि सिजनको कुनै खेलमा नखेलेका रोनाल्डो सुपर कपमा अधिकांशको ध्यान खिच्ने खेलाडीका रुपमा हेरिएका छन्। उनीसँगै २४ सदस्यीय टोलीमा नयाँ सदस्य डानी सेबालोस र थियो हर्नान्डेज रहेका छन्।
बालोन डी’ओर विजेता रोनाल्डो पुरानो क्लब युनाइटेडविरुद्ध उत्रदा लुका मोड्रिच र ग्यारेथ बेलजस्ता स्टारको पनि साथ रहनेछ। रियलले गत सिजन लोनमा बिताएका बोर्जा मायोरल र जेसस भालेजोलाई पनि टोलीमा समावेश गरेको छ।
सेन्टर ब्याक भालेजोले गत सिजन इन्ट्र्याक फ्र्यांन्कफर्टबाट २७ खेल खेलेका थिए। बोरुसिया डर्टमुण्डसँगको डीएफबी कप फाइनलमा भालेजोले पुरा ९० मिनेट खेलेका थिए ।
ट्रान्सफर विन्डोको सुरुवातमा रोनाल्डो पुरानो क्लब युनाइटेड जाने हल्ला पनि चलेको थियो। कर छली अभियोग लागेपछि रोनाल्डोले रियल छोड्न चाहेको आशय व्यक्त गरेका थिए। तर, पछि उनले रियलबाट अझै उपाधि जित्न चाहेको बताउँदै हल्ला शान्त पार्ने प्रयास गरेका थिए। अहिले फेरी पछिल्लो पटक भने बेल युनाइटेड जान सक्ने हल्ला चलिरहेको छ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]