9 years ago
November 20, 2015
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एष्ट्रो टर्फ राखेसंगै नेपालको अन्तराष्ट्रिय जगतमा नतिजा पनि सुधारिदैं गएको छ|
विगत एक दशकदेखि एन्फा एकेडेमीबाट खेलाडी उत्पादन भइरहेको भए पनि उमेर समुहमा नेपालले खासै ठुलो फड्को मार्न सकेको थिएन| तर, एकेडेमीको मैदानमा एष्ट्रो टर्फ राखिएसंगै युवा टोलीको प्रदर्शनमा सुधार आएको देखिन्छ| यु-१४ टोलीको ताजिकिस्तानमा अपराजित यात्रा देखि यु-१९ टोलीको साफ उपाधि र यु-१६को ए.एफ्.सी च्याम्पिएनसिपको प्रदर्शनमा एष्ट्रो टर्फको ठुलै हात छ|
यसका साथै राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि एष्ट्रो टर्फले ठुलो सहयोग पुगेको छ| विगतमा पनि एकेडेमीमा खेल मैदान नभएको भने हैन, तर पहिलाको मैदान प्राकृतिक घाँसको भएपनि मौसम र नियमित प्रयोगका कारण त्यहाँ घास भएको कमै देख्न पाइन्थ्यो| घाम लाग्ने मौसममा धुलो र वर्षातको मौसममा हिलो हुने मैदानमा खेलाडीहरुले खेलका साथसाथै आफ्नो स्वास्थ्य अवस्थाबारे पनि चिन्ता लिनुपर्ने अवस्था थियो| तर एष्ट्रो टर्फको स्थापना भएसंगै यस्तो समस्या निर्मुल भयो र खेलाडीहरुको प्रशिक्षण पनि नियमित भयो| प्राकृतिक मैदान हुँदा कहिले त प्रशिक्षण गर्न नसकिने वातावरण पनि हुन्थ्यो तर एष्ट्रो टर्फ आएसंगै नियमित प्रशिक्षण गर्न पाइरहेको कुरा खेलाडीहरुले बताए|
देशव्यापी रुपमा खुला छनोटबाट छानिएर एन्फा एकेडेमीमा आउने खेलाडीहरुले आफुलाई तिखारेर राष्ट्रिय उमेर समुहको टोलीमी स्थान बनाउँछन्| सामान्यतया प्रत्यक समुहमा ३०जना खेलाडी छनोट गरिन्छन् र तिनलाई एन्फाले नै नियमित प्रशिक्षणका साथै आवास र शिक्षाको व्यवस्था गरिदिने प्रावधान रहिआएको छ| उमेर बढेसंगै खेलाडीहरुको विकास मध्यनजर गर्दै उनिहरुलाई माथिल्लो उमेर समुहमा स्थान दिइन्छ|
एष्ट्रो टर्फले एकेडेमी सञ्चालनका साथसाथै ग्रासरुट फुटबल विकासमा पनि निकै ठुलो भुमिका खेलेको छ| साप्ताहिक कार्यक्रम अन्तर्गत एन्फा कम्पलेक्समा साना देखि युवा सम्म सबै उमेर समुहलाई शनिवार प्रशिक्षणको व्यवस्था मिलाइएको छ| जोकोहि इच्छुक सर्वसाधारणले प्रशिक्षण लिन सक्ने र निकै राम्रो प्रदर्शन गर्नेलाई एकेडेमीमा सामेल गराउने प्रबन्ध पनि रहिआएको छ| मासिक रु.१००० तिरेर यस्तो व्यवस्था रहिआएकोमा खेलाडीहरुको संलग्नता निकै उत्साहपुर्ण रहेको छ| उमेर समुह अनुसार भिन्न भिन्न प्रकारको प्रशिक्षण र राष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिने हुनाले युवाहरुको विकासमा ठुलो टेवा पुगेको छ|
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]