default_image

8 years ago

August 6, 2017

आर्सनललाई कम्युनिटी सिल्डको उपाधि

97 views

0 Bookmark

लन्डन (एजेन्सी) – गत सिजनको एफए कप च्याम्पियन आर्सनलले प्रिमियर लिगको साविक विजेता चेल्सीलाई पराजित गर्दै एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। वेम्बली रंगशालामा भएको खेलमा चेल्सीले आर्सनललाई पेनाल्टी सुटआउटमा  ४-१ले पराजित गरेको हो।

निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो। चेल्सीका गोलरक्षक थिबाउ कोर्टुआ र अल्भारो मोराटाले आ-आफ्नो पेनाल्टी प्रहार फ्रेमभन्दा बाहिर प्रहार गरेका थिए। चेल्सीका लागि पेनाल्टी सुटआउटमा ग्यारी केहिलले मात्र गोल गरे। आर्सनलका लागि पेनाल्टीमा थियो वाल्कट, नाचो मोनरिआल, एलेक्स अक्सलेड चेम्बरलिन र ओलिभिएर जिरुडले गोल गरेका थिए। यस खेलमा नयाँ पद्दति अनुसार पेनाल्टी लिइएको थियो।

त्यसअघि चेल्सीका लागि भिक्टर मोसेसले दोश्रो हाफको सुरुवातमै अग्रता दिलाएका थिए। मध्यान्तर पछिको पहिलो मिनेटमै चेल्सीका विलियनले प्रहार गरेको कर्नर आर्सनलका ग्रानिट झाकाले राम्रोसँग क्लिएर गर्न सकेनन्। उक्त क्लिएरेन्सलाई ग्यारी केहिलले हेडरमार्फत दिएको पासमा मोसेसले उत्कृष्ट ढंगले रोक्दै गोल गरेका थिए।

तर, खेलको ८०औं मिनेटमा चेल्सीका पेड्रोरोड्रीग्वेजले आर्सनलका मोहमद एल्नेनीलाई डरलाग्दो ट्याकल हानेपछि रेफ्रीले पेड्रोलाई रातो कार्ड दिए। १० खेलाडीमा सिमित रहेको चेल्सीले ८२औं मिनेटमा बराबरी गोल खायो। वैकल्पिक खेलाडी सिआड कोलासिनाचले आर्सनलका लागि फ्रिकिकमा आएको क्रसलाई हेडरमार्फत गोल गरेका थिए।

खेलको २२औं मिनेटमा आर्सनलका एलेक्जेन्डर लाकाजेटले प्रहर गरेको उत्कृष्ट सट पोष्टमा लगेर फर्किएको थियो। लाकाजेटले बक्सभित्र निकै कठिन स्थितिमा प्रहार गरेको सटले गोलरक्षक बिट भएपनि गोल हुन सकेको थिएन। आर्सनलले आफ्ना २ मुख्य खेलाडी एलेक्सिस स्यान्चेज र मेसुट ओजिललाई खेलाएको थिएन।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.