default_image

8 years ago

August 6, 2017

जगजितको टोली हारबाट जोगियो

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसीले आइतबार बराबरी खेलको छ । अघिल्लो साता सानदार जित दर्ता गरेको नुनावाडिङले आज मोरेल्यान्ड जेब्राससँग १–१ को बराबरी खेलेको हो ।

आइतबारको खेलमा जगजित श्रेष्ठ (दायाँ)।

दोस्रो हाफमा गोल फर्काउँदै नुनावाडिङले खेललाई बराबरीमा पुर्याएको थियो । खेलको ७५ औं मिनेटमा पेट्रिक गेरार्टले फ्रिकिकमार्फत खेलमा बराबरी गरेका थिए । त्यसअघि पहिलो हाफमा मोरेल्यान्डले अग्रता लिएको थियो ।

एनपिएल २ भिक्टोरियामा अघिल्लो साता नुनावाडिङले मेलबर्न सिटीलाई ४–१ ले हराएको थियो । जगजित नुनावाडिङ पुगेयता टोलीको नवौं खेल हो । जसमध्ये ४ खेल जितेको नुनावडिङले २ मा बराबरी र बाँकी ३ खेलमा हार बेहोरेको छ । २० टोलीको सहभागिता रहेको एनपिएल २ को २६ खेलपछि नुनावडिङको २९ अंक पुगेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.