default_image

8 years ago

August 6, 2017

बायर्नलाई सुपर कप उपाधि

108 views

0 Bookmark

डर्टमुण्ड (एजेन्सी) – चिर परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई  पराजित गर्दै जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। डर्टमुण्डको घरेलु मैदान सिग्नाल इडुना पार्कमा भएको खेलमा बायर्नले पेनाल्टीमा ५-४ले जित हात पारेको हो।

निर्धारित ९० मिनेट समयको खेल २-२को बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिनु परेको थियो। खेलको १२औं मिनेटमा क्रिस्टियन पुलिसिकले घरेलु टोलीलाई अग्रता दिलाएपनि त्यसको ६ मिनेट नबित्दै बायर्न खेलमा फर्कियो। रोबर्ट लेवानडोस्कीले जोसुवा किम्मिचको पासमा सहजै गोल गरेपछि खेल बराबरीमा आएको थियो।

दोश्रो हाफमा डर्टमुण्डका फरवार्ड पिएर एमेरिक औबामेयाङले ७१औं मिनेटमा उत्कृष्ट गोल गर्दै  टोलीलाई पुन अग्रता दिलाए। ओस्मान डेम्बेलेको पासमा औबामेयाङले करिब १३ मिटर टाढाबाट आफ्नो खुट्टाको बाहिरी भागले गरेको प्रहार गोलरक्षक स्वेन अल्रीचको माथिबाट जाँदै गोल भएको थियो।

तर, खेलको ८८औं मिनेटमा बायर्नले पुन: गोल फर्कायो। क्रसबारमा लागेर फर्किएको सटलाई क्लियर गर्न नसक्दा भिडभाडमा किम्मिचले गरेको फितलो प्रहार डर्टमुण्डका लुकास पिस्जेक र गोलरक्षक रोमन बुर्कीलाई लाग्दै गोल भएको थियो। त्यसपछि खेलको छिनोफानो पेनाल्टीबाट लिइएको थियो।

पेनाल्टीमा पनि डर्टमुण्डले सुरुवातमा अग्रता लिएको थियो। किम्मिचले प्रहार गरेको पेनाल्टी गोलरक्षक बुर्कीले बचाएपनि सबास्टियन रोड आफ्नो पेनाल्टीमा चुकेपछि खेल बराबरीमा आयो। त्यसपछि अल्रीचले मार्क बार्टराको पेनाल्टी बचाउ गरेसँगै बायर्नले उपाधि हात पार्यो।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.