7 years ago
August 6, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रान्सको शीर्ष श्रेणीको लिग अन्तर्गत पहिलो खेलमा अमिएन्सलाई २-०ले पराजित गरेको छ। भर्खरै विश्व कीर्तिमानी रकममा अनुबन्धित भएका नेयमारबिना मैदानमा उत्रिएको पिएसजीले दुवै हाफमा १/१ गोल गरेको थियो।
पिएसजीका लागि एडिन्सन कभानीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उनले खेलको ४२औं मिनेटमा ड्यानी आल्भेसको क्रसमा गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए। दोश्रो हाफको ८१औं मिनेटमा हाभिएर पास्तोरेले पिएसजीको अग्रता दोब्बर पारे। उनले एडिन्सन कभानीको पासमा गोल गर्दै पिएसजीको जित पक्का पारेका थिए।
खेल सुरु हुनुअघि बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको भव्य स्वागत भएको थियो। पहिलो खेलमा खेल्न नपाउने भएपछि क्लबले नेयमारलाई खेल सुरु हुनुअघी समर्थकमाझ प्रस्तुत गरेको थियो।
नेयमारले अर्को साता हुने अवे खेलमा पिएसजीको लागि डेब्यु गर्ने सम्भावना रहेको छ। त्यसपछिको साता भने नेयमारले घरेलु मैदानमा खेल्नेछन्।
January 1, 2025
सुमन अधिकारी, बुटवल मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बुधवार बुटवलमा सुरु भएको “मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१” मा विभागिय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिस विजयी भएको […]
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टाेलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को महिना नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने भएको हो । फोर नेसन्स कप फागुन ५ गतेदेखि १४ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारको सहभागिता रहनेछ । […]
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीवारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन् । गत भदौ अन्तिममा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए । अन्तिम चरणका लागि छनोट भएको […]