8 years ago
August 4, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेयमारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफुले पैसाको लागि बार्सिलोना छोडेको हल्लालाई झुटो भएको बताएका छन्। उनले आफ्नो भविष्यबारे राम्रोसँग सोचबिचार गरेर पिएसजी आउने निर्णय लिएको खुलासा गरे।
कीर्तिमानी रकममा पिएसजी पुगेका नेयमारले उनले आफु र आफ्नो परिवारको खुशीको लागि बार्सिलोना जाने निर्णय लिएको बताए। ‘मलाई पैसाको लागि बार्सिलोना छाडेको भन्ने मान्छेहरुले मेरो व्यक्तिगत जीवनबारे केहि थाहा छैन। म कहिलेपनि पैसाको पछि लागेको छैन।’
‘म मात्र मेरो खुशीबारे चिन्तित छु र आफुसँगै आफ्नो परिवारको बारे सोचेको छु। म आफ्नो हृदयले भनेको कुरा सुनेर यहाँ आएको हुँ। यदि पैसाको पछि लागेको भए म कुनै अर्को देशमा अर्को लिगमा खेलिरहेको हुन्थें।’
‘मलाई दुख लाग्छ कि मान्छेहरुले यसरि सोच्छन्। म पिएसजीलाई निकै धन्यवाद दिन चाहन्छु किनकि क्लबले म माथि विश्वास राखेको छ। म क्लबले राखेको विश्वासलाई नतिजा दिएर तिर्न चाहन्छु।’
नेयमारलाई क्लबले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरो रकम तिरेर भित्र्याएको हो। नेयमारले पिएसजीमा रहेर प्रति साता ५ लाख २० हजार पाउण्ड कमाउने छन्। उनको अहिलेको तलब उनले बार्सिलोनामा कमाउने भन्दा करिब दोब्बर बढी हो।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]