8 years ago
August 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद चर्केपछि स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को बैठक यहि महिनाको अन्तिममा बस्ने भएको छ। विधान अनुसार १४ दिनको पूर्व सुचना राखेर एन्फाले साउन ३२ गतेका लागि डाकेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्।
बैठक यसअघि जहाँबाट स्थगित भएको त्यहिबाट प्रारम्भ हुने पनि तुलाधरले बताए। यसअघि साउन ११ गते सुरु भएको बैठक थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा विवाद चर्केपछि स्थागित भएको थियो। साउन १२ लाई बैठक सुरु गर्ने बताइएपनि बैठक सुरु नहुँदै सुचना टास गरे बैठक स्थगित भएको थियो । एन्फा प्रवक्ता समेत रहेका तुलाधरले थ्री स्टारको विषय, लिगको मिति लगायत सबै विषयमा निर्णय हुने बताए।
‘थ्री स्टारबाहेक सबै विषयमा सहमती जस्तै भएको थियो’ तुलाधरले भने, ‘अस्तिको एजेन्डामा अर्को एउटा थप भएको छ। बाँकी पुरानै एजेन्डा छ ।’ गत बर्ष एन्फाको गल्तिका कारण छनोट भइसकेको थ्री स्टारले एएफसी कप खेल्न पाएन। त्यसको विरोधमा थ्री स्टारले दोषीमाथि कारवाहीसहित ६ करोड रुपैयाँ क्षेतिपूर्ति माग गरेको थियो। साथै थ्री स्टारले माग पुरा नभएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने घोषणा गरेको थियो। त्यसै अनुसार थ्री स्टारले आफ्नै अध्यक्ष स्वर्गिय ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित यू १८ प्रतियोगितामा समेत भाग लिएन।
लिग सञ्चालन र थ्री स्टारलाई दिने भनिएको क्षेतिपूर्तिका विषयमा कार्यसमितिमा एकमत छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत संलग्नतामा थ्री स्टारलाई १ करोड ५० लाख रुपैयाँ दिन एन्फाका केही जिम्मेवार पदाधिकारीले सहमति गरेपनि त्यसलाई कार्यसमितिबाट पास गर्न कठिनाई उत्पन्न हुने देखिएको छ । साउन ११ कोे बैठकका लागि एन्फाले महिला फुटबल, साफ यू १५ महिला फुटबल, उमेुर समूह, फुटसल प्रतियोगितामा सहभागिता र आयोजना, मिनी पिच र औषधि उपचार खर्चका विषयमा भने सहमति भइसकेको बताइएको छ ।
सबै पहिलाकै एन्जेडा हो अब पुरस्कारका विषय थपिएको छ । ‘एन्फाले दिने पुरस्कार शरद चन्द शाह स्मृति, रुपक स्मृति र उत्कृष्ट खेलाडी अवार्डको प्रस्ताव थपेका छौं’ उनले भने, ‘अन्य सबै पुरानै एजेन्डा हुन् ।’ अब बस्ने बैठकले सबै विषयमा निर्णय गरेरअघि बढ्ने तुलाधरले बताए । ‘अब सधै अलमल गरेर हुन्न’ उनले भने, ‘सबै एउटै विषयमा अल्झदा फुटबल गतिविधिनै नहुने खतरा बढ्दै छ । अब सबै विषय टुंगाएर विशेष साधारण सभामा जानु पर्ने अवस्था छ । ’
थ्री स्टारका विषयमा दोषीमाथि कारवाही गर्नुपर्ने चर्को अवाज समेत उठेको एन्फा बैठकले क्षतिपूर्तिको विषयमा टुंगो लगाउन नसक्ने सम्भावना पनि त्यतिनै छ । एन्फाका एक सदस्यले क्षतिपूर्तिको विषय साधारण सभा सम्म जान सक्ने सम्भावना रहेको हाम्रो खेलकुद डटकमलाई बताए ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]