7 years ago
August 3, 2017
स्पेन (एजेन्सी) – बार्सिलोनाबाट पिएसजी जान लागेका ब्राजिलियन फरवार्ड नेयमारलाई किन्न फ्रान्सेली क्लबले विश्व कीर्तिमानी रकम तिर्ने तयारी गरेको छ। पिएसजीले तिर्न लागेको १ सय ९६ मिलियन पाउण्ड पछिल्लो विश्व कीर्तिमान भन्दा १ सय १० प्रतिशत बढी हो। यसअघि म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट पल पोग्बालाई किन्न ९३.२५ मिलियन पाउण्ड खर्चेको थियो।
सन् १९९२देखि अहिलेसम्मका विश्व कीर्तिमानी रकमहरु कति र कसलाई खर्च भयो?
सन् १९९२ – जन-पिएर पापिन – १० मिलियन पाउण्ड – मार्सेबाट एसी मिलान
सन् १९९२ – जिआनलुका भिआली – १२ मिलियन पाउण्ड -साम्पडोरिया बाट युभेन्टस
सन् १९९२ – जियानलुइजी लेन्टिनी – १३ मिलियन पाउण्ड – टोरीनो बाट एसी मिलान
सन् १९९६ – रोनाल्डो नाजारियो – १३.२ मिलियन पाउण्ड – पिएसभी बाट बार्सिलोना
सन् १९९६ – एलन सिअरर – १५ मिलियन पाउण्ड -ब्ल्याकबर्न बाट न्युकासल
सन् १९९७ – रोनाल्डो नाजारियो – १९.५ मिलियन पाउण्ड – बार्सिलोना बाट इन्टर मिलान
सन् १९९८ – डेनिल्सन – २१.५ मिलियन पाउण्ड – साओ पाउलो बाट रियल बेटिस
सन् १९९९ – क्रिस्टियन भिएरी – ३२.१ मिलियन पाउण्ड -लाजियो बाट इन्टर मिलान
सन् २००० – हर्नान क्रेस्पो – ३५.५ मिलियन पाउण्ड – पार्माबाट लाजियो
सन् २००० – लुइस फिगो – ३७ मिलियन पाउण्ड -बार्सिलोना बाट रियल म्याड्रिड
सन् २००१ – जिनेदिन जिदान – ४७.२ मिलियन पाउण्ड – युभेन्टस बाट रियल म्याड्रिड
सन् २००९ – काका – ५९ मिलियन पाउण्ड – एसी मिलान बाट रियल म्याड्रिड
सन् २००९ – क्रिस्टियानो रोनाल्डो – ८० मिलियन पाउण्ड – म्यानचेस्टर युनाइटेड बाट रियल म्याड्रिड
सन् २०१३ – ग्यारेथ बेल – ८५.३ मिलियन पाउण्ड – टोटेनहम हट्स्पर बाट रियल म्याड्रिड
सन् २०१६ – पल पोग्बा – ९३.२५ मिलियन पाउण्ड – युभेन्टस बाटम्यानचेस्टर युनाइटेड
सन् २०१७ – नेयमार – १९८ मिलियन पाउण्ड -बार्सिलोना बाट पेरिस सेन्ट जर्मेन (पिएसजी)
December 29, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । प्रतियोगितामा नेपाल र भारतका ८ टोली सहभागी हुने आज अर्जुनधाराको लंका रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
December 29, 2024
दिपक बोहोरा, पाँचथर फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका सोमवार ए डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल बिच हुँदैछ। दुवै टोलीले प्रशिक्षकले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। फाइनलको अघिल्लो दिन आइतवार प्रि म्याच कन्फ्रेन्समा दुवै प्रशिक्षकले उपाधिको लागि तयार रहेको बताएका हुन् । २०७९ सालमा भएको ए डिभिजन […]
December 28, 2024
पाँचथर (हाम्रो खेलकुद) – फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध १-० को साँघुरो जित निकाल्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एनआरटी पराजित भएसँगै पूर्वमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो पटक […]