8 years ago
August 2, 2017
बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकम १ सय ९६ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) आबद्धको नजिक पुगेको विश्वास गरिएको छ ।
बार्सिलोनाको अभ्यास मैदानमा बुधबार अचानक नेयमार पुगेपछि त्यसलाई टोलीका अन्य खेलाडीसँग बिदा लिन गएको विश्वास गरिएको छ । अभ्यास सुरु हुनु आधा घन्टा अघि नेयमार दुई जना साथीका कारमा सवार थिए । कार नेयमारले नै चलाएका थिए । उनी मैदानमा झन्डै ४३ मिनेट रहेको बताइएको छ ।
सबै घटना क्रमलाई हेर्दा बार्सिलोनाले नेयमारलाई क्लब छोड्ने अनुमति दिएको छ । अब उनी फ्रेन्च क्लबको नजिक पुगेका छन् । स्पेनिस रेडियो आरएसी वानले नेयमार अन्य खेलाडीसँग विदा अभ्यास मैदान पुगेका थिए । अब उनको पिएसजीको सुरुवा तयारी सुरु भएको छ ।
नेयमार र पिएसजी अघि बाटै छलफलमा थिए ।
सामाजिक सजालमा व्यापक फलोअर्स रहेका ब्राजिलयन युवा स्ट्राइकरले लेखेका छन् ,‘उत्कृष्ट पेरिस, द आइफिल टावर, वाइन, खान र फुटबल ।’
नेयमार पूर्वी मंगलबार साझ स्पेन पुगेका थिए । बिहान ९ बजे उनी साथीहरु लिएर क्लबको जोन जम्पर अभ्यास मैदानमा पुगेका थिए। तर उनले अभ्यासमा भाग लिएनन्।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]