8 years ago
July 31, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड नेयमार पिएसजी जाने हल्ला यस सिजनको ट्रान्सफर विन्डो सुरु भएदेखिनै सुनिंदै आएको हो। बार्सिलोनाले माग गरे बमोजिम पिएसजीले रिलिज क्लज तिर्न तयार रहेको भएपनि नेयमारको स्थानान्तरण भने हुन सकेको थिएन। अन्तत: केहि दिनमै नेयमार पिएसजी जाँदैछन् र जाँदाजाँदै नेयमारले बार्सिलोनाको तर्फबाट २५ मिलियन युरो पाउने भएका छन्।
सन् २०१३मा नेयमारलाई भित्र्याउन रियल म्याड्रिड र बार्सिलोनाको घम्साघम्सीनै चलेको थियो। उक्त समयमा नेयमारलाई भित्र्याउन सफल रहेको बार्सिलोनाले उनलाई लोभ्याउन विशेष बोनसको व्यवस्था गर्यो। क्लबमा ४ वर्ष बिताएको खण्डमा उनले २५ मिलियन पाउण्ड पाउने प्रावधान सम्झौतामा उल्लेख गरियो। उक्त सम्झौता ३१ जुलाई २०१३मा गरिएको थियो र सोमबार उक्त ४ वर्षे सम्झौता कार्यान्वयन हुने भएको छ। नेयमारका पिताले जानाजान पिएसजी जाने प्रक्रियामा ढिलाई गरेको बुझिएको छ।
ब्राजिलमा रहेका स्थानीय मिडियाहरुले नेयमारका पिताले जानेरै पिएसजीलाई अगष्टको सुरुवातमा मात्र औपचारिक कदम चाल्न आग्रह गरेका थिए। नेयमार मंगलबार पिएसजीमा जाँदा उनले बार्सिलोनाले तिर्ने ‘लोयल्टी बोनस’ स्वोरुप २५ मिलियन युरो पनि पाउनेछन्। नेयमारका पिता नेयमार सिनियरले उनको सम्पूर्ण कागजात लगायतका कामहरु सम्हाल्दै आएका छन्।
यसअघि नेयमारले पिएसजी जाने पक्का भएर नै डिफेन्डर ड्यानी आल्भेसलाई फ्रान्स जान सुझाएका थिए। आल्भेसको म्यानचेस्टर सिटी जाने लगभग पक्का भएपनि नेयमारको आग्रहका कारणनै उनि पिएसजी पुगेका थिए। नेयमारले पिएसजीमा रहेर छुट्टै इतिहास लेख्ने लक्ष्य राखेको बुझिएको छ। अहिले चीनमा रहेका नेयमार केहि दिनमै फ्रान्स पुग्नेछन्।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]