8 years ago
July 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिग वन क्लब पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले शनिबार भएको भायांकारा सुरबयाविरुद्धको खेलमा सुरुवाती ११मा नाम भएपनि खेलमा सहभागिता जनाएनन्। वार्मअपको दौरान चोट लागेको र त्यसको विस्तृत विवरण भोलीमात्र थाहा हुने रोहितले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए।
रोहितको अनुपस्थितिमा टोलीले अन्तिम मिनेटमा गोल गर्दै खेल १-०ले जितेको थियो। रोहितले आफ्नो चोट सामान्य लागेको तर विस्तृत विवरण भने भोलीमात्र आउने बताए। ‘वार्म अपको दौरान चोट लागेको हो। अस्तिको खेलमा कतिबेला एंकलमा सानो चोट लागेको रहेछ, आज वार्म अप गर्दा त्यहि ठाउँमा बल्झियो। भोली डाक्टरलाई देखाएपछि विस्तृत विवरण आउनेछ।’
सेप्टेम्बर ५मा हुने नेपाल र ताजिकिस्तानको खेलका लागि नेपाली राष्ट्रिय टोली अभ्यासका लागि जापान जाने कार्यक्रममा यसअघि रोहितको सहभागिता नहुने पक्का भएको थियो। उनको टोलीले अब अर्को आइतबार बारितो पुतेराको सामना गर्नेछ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]