default_image

8 years ago

July 29, 2017

पर्सिजाको जितमा रोहित घाइते

88 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत शनिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले आफूभन्दा माथि रहेको टोली पर्सिजा भायांकारा सुरबयालाई १-०ले पराजित गरेको छ। अंक तालिकाको तेश्रो स्थानमा रहेको टोलीलाई पराजित गर्दै रोहितको टोली पाँचौ स्थानमा पुगेको छ।

पर्सिजाका लागि खेलको दोश्रो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा ब्रुनो लोपेसले गोल गरेका थिए खेलको वार्म अपका दौरान घाइते भएपछि रोहितले खेलमा सहभागिता जनाएनन्। यद्दपी उनको नाम पहिलो रोजाइमा रहेको थियो। उनको स्थानमा हर्गीयान्तोले खेलेपनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेन। उनलाई प्रशिक्षक टेकोले ५६औं मिनेटमा परिवर्तन गरेका थिए।

रोहितको अनुपस्थितिमा टोलीको प्रदर्शन खस्किएको समर्थकहरुले सामाजीक संजालमार्फत पनि आफ्नो राय दिएका छन्। पर्सिजाले १७ खेलमा ७ जित, ३ हार र ७ बराबरीसँगै २८ अंक जोडेको छ।

रोहितको चोटको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.