default_image

7 years ago

July 28, 2017

नेयमारले बार्सा छाडेर पिएसजी रोज्नुको ५ कारणहरु

41 views

0 Bookmark

स्पेन (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका स्टार फरवार्ड नेयमारलाई यस सिजनको ट्रान्सफर विन्डोमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले विश्व कीर्तिमानी रकममा अनुबन्धन गर्ने प्रयास गर्दैछ। नेयमारले आफ्नो स्थितिको बारेमा खुलेर नबोलेपनि दुवै क्लबका प्रतिनिधिहरुले भने नेयमार आफ्नो क्लबमा आउने/रहने पक्का भएको दाबी गरेका छन्।

यसैबीच विदेशी मिडियाले पनि नेयमारको ट्रान्सफर भएमा पिएसजीले विश्व कीर्तिमानसँगै नेयमारलाई विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बनाउने प्रयास गरिरहेको लेखेका छन्। यद्दपी नेयमारले उक्त प्रस्ताबलाई अस्विकार गर्नुपर्छ भन्नेको जमात पनि ठुलै छ। नेयमारले बार्सिलोना छाडेर पिएसजी जानुपर्ने ५ कारणहरु के होलान् त?

१. बार्सिलोनामा नेयमारको भूमिका
बार्सिलोनामा नेयमारले सधैं विङ्गरको रुपमा खेल्दै आएका छन्। ब्राजिलमा खेल्दा स्ट्राइकरका रुपमा आफ्नो छुट्टै पहिचान बनाएका उनले अवसर पाउँदा पनि त्यसमा राम्रो प्रदर्शन गरेका छन्। तर लियोनेल मेस्सी र लुइस सुआरेज हुँदाहुँदै उनले स्ट्राइकरको भूमिका निभाउन पाएका छैनन्। दुवै खेलाडी अझै लामो समय बार्सिलोना बस्ने पक्का भएकाले उनले सधैं विङ्गरकै भूमिका निभाउनु पर्ने हुन्छ।

२. पिएसजीमा मुख्य खेलाडी हुने मौका
पिएसजीमा गएको खण्डमा नेयमार टोलीको मुख्य खेलाडी हुने निश्चित छ। नेयमारले त्यहाँ रहेर आफुले खेल्न चाहेको पोजिसनमा खेल्न पाउँछन्। यसबाहेक उनले पिएसजी गएको खण्डमा आफुलाई टोलीको नेताका रुपमा पनि स्थापित गर्न पाउने सम्भावना रहेको छ।

३. ठुलो पैसा आउने
पिएसजीमा अनुबन्धित भएमा नेयमारले मोटो रकम कमाउने निश्चित छ। पिएसजीले उनलाई भित्र्याउन २ सय २२ मिलियन युरो खर्चिन तयार रहेको खबर आइरहँदा उनको तलब पनि ५ लाख पाउण्ड भन्दा बढी रहने बुझीएको छ। यसबाहेक उनले बोनस लगायत अन्य रकममा पनि बढोत्तरी पाउनेछन्।

neymar brazil olympics

४. पिएसजीमा आफ्नै इतिहास बनाउने
नेयमारले पिएसजीमा गएर सफलता हात पार्ने सम्भावना राम्रै छ। यदि उनले पिएसजीमा गएर केहि ठुलो उपलब्धि हात परेमा आफ्नो नाम क्लबको इतिहासमा लेखाउने अवसर पाउनेछन्। नेयमार पिएसजी गएको खण्डमा उनि क्लबमा खेल्ने अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुने अवसर पनि रहेको छ। यस्तो अवस्थामा नेयमारले पिएसजी जाने विकल्प पनि लिन सक्छन।

neymar-attack-refree

५. ब्यालोन डी’ओरको सपना
ब्यालोन डी’ओर जित्न नेयमारले बार्सिलोना छाड्नुको विकल्प छैन। जबसम्म बार्सिलोनामा मेस्सी र सुआरेज रहन्छन त्यसबेला सम्म नेयमार ति दुइ खेलाडीको छायाँमा परेर खेल्नुपर्छ। यसो गर्दा नेयमारले ब्यालोन डी;ओर जित्ने सम्भावना लगभग असम्भव रहन्छ। त्यसैले पिएसजीमा गएर आफुलाई मुख्य खेलाडीका रुपमा स्थापित गरेर सफकता हात पारेमा उनले व्यक्तिगत उपाधि जित्न सक्नेछन्।

barcelona-messi-neymar-suarez

नेयमार बार्सिलोना बस्नैपर्ने ५ कारणहरु

September 25, 2024

नेपाल सेमिफाइनलमा , अब भारतसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सानदार कमब्याकमा घरेलु टोली भुटानलाई २-१ ले माथ दिंदै नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा भुटान विरूद्ध मैदानमा उत्रदा सेमिफाइनल प्रवेशका लागि नेपाललाई जितको विकल्प थिएन। यसअघि पाकिस्तानले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुगिसकेको थियो। भुटानलाई भने सेमिफाइनल प्रवेशका लागि बराबरी नै प्रयाप्त थियो। जहाँ नेपाल विरूद्ध […]

September 25, 2024

झरना रनिङशिल्ड – पहिलो चरणका खेल सकियो

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी ३६ औँ झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सकिएको छ । १६ टोलीको सहभागिता रहेको प्रतियोगिताबाट गोर्खा ब्याइज, योङ स्टार, झरना स्पोटर्स क्लब, न्यु सिर्जना क्लब, जेजेएफसी, कपिलवस्तु–११, लिस्नु युवा क्लब र फुलवारी गाइज अन्तिम ८ मा पुग्न पुगेको छन् । बिहीवारबाट प्रतियोगिताको क्वाटर फाइनल खेल सुरु हुने छ […]

September 25, 2024

कर्णालीमाथि पुलिस जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि कठिन जित हासिल गरेको छ । आफ्नो आठौं खेलमा पाँचौ जित निकाल्ने क्रममा पुलिसले बुधवार कर्णालीमाथि ३-० को जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले समान गोल गरे । […]

Success

Thank you for your time.