8 years ago
July 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बिहीबार सुरु नभइ स्थगित भएको छ । अघिल्लो दिन रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा चर्को विवाद भएपछि एन्फाले बिहीबारको बैठक सुरु नै गर्न सकेन ।
‘अर्को सुचना नभएसम्मका लागि बैठक स्थगित गर्न अध्यक्षले निर्देशन दिनुभएको छ,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने,‘अर्को बैठक कहिले हुन्छ । अहिले भन्न सकिन्न ।’
बैठकका लागि तय ९ वटा एजेन्डामा थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयबाहेक सबै विषयमा लगभग सहमति भएको बताइएको थियो । हिजो थ्री स्टारका विषयमा टुंगोमा पुग्न नसकेपछि आज १ बजे बस्ने गरि बैठक स्थगित गरिएको थियो । तर, आज एकाएक बैठक स्थगित गरिएको छ ।
पहिलो चरण पार गरेपनि एन्फाको गल्तिका कारण थ्री स्टारले गत बर्ष एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि एन्फा विवादमा पर्दै आएको छ । थ्री स्टारले दोषीमाथि कारवाही र ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेर आफ्नो माग पुरा नभएसम्म एन्फाका कुनै पनि प्रतियोगिता भाग नलिने निर्णय गरेको थियो ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र अन्य पदाधिकारीको टोलीले थ्री स्टारसँग पटक पटक छलफल गरि १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने गरि भद्र सहमति गरेको थियो । त्यो भद्र सहमतिलाई एन्फा कार्यसमितिबाट पास गराउन कठिन देखिएपछि अध्यक्ष श्रेष्ठले बैठक स्थगित गरेको अनुमान गरिएको छ ।
बैठकको पहिलो दिन दोषीमाथि कारवाही नगरि क्षतिपूर्तिमात्र दिन नसकिने अवाज चर्को रुपमा उठेपछि अध्यक्ष श्रेष्ठसहित दबाबमा परेको छ । एन्फाका प्रवक्ता समेत रहेका सिइओ तुलाधरले अध्यक्ष, प्रथम उपाध्यक्ष मणी कुँवर , महासचिव धिरेन्द्र प्रधान र आफुको टोलीलाई कार्यसमितिले अघिल्लो बैठकमा थ्री स्टारसँग वार्ता गर्न जिम्मा दिएको र त्यहिअनुरुप भद्र सहमति गरेको यसअघि नै बताइसकेका छन् ।
तर, महासचिव प्रधान र एन्फाका वरिष्ठ अधिकृत गोकुल थापालाई कारवाही गर्नुपर्ने माग हिजोको बैठकमा उठेको थियो । केही सदस्यले कारवाही गरेपछि थ्री स्टारलाई क्षतिपूर्ति दिन आवश्यक नहुने तर्क गरेका थिए भने केहीले यो विषयलाई साधारण सभाबाट टुंगाउने पर्ने भनाई राखेका थिए ।
एन्फाले बिहीबार जारी गरेको सुचना यस्तो छ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]