8 years ago
July 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि तयारीका लागि जापान जाने राष्ट्रिय टोलीमा मिडफिल्डर रोहित चन्द र गोलरक्षक किरण चेमजोङ नहुने भएका छन्। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ।
‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि जापान जान लागेका हौं’ नेपाली टोलीका व्यवस्थापक विराटजंग शाहीले हाम्रो खेलकुद डटकमलाई भने, ‘साउनको २५ मा गएर १० दिनपछि स्वदेश फर्कने योजनामा छौं ।’ नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी प्रशिक्षक ग्यातुको कोजी र प्रशिक्षकमा राजु काजी शाक्य रहेका छन् । भदौ २० गते हुने नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेलका तयारीका लागि जापान जाने टोलीमा टोली दुई महत्त्वपूर्ण खेलाडी भने उपस्थित हुने छैनन्।
इन्डोनेसियाको पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका रोहित चन्द र माल्दिभ्सको टिसी स्पोर्ट्समा रहेका गोलरक्षक किरण चेमजोङ जापान जाने टोलीमा रहने छैनन्। दुवै खेलाडी उक्त समय आफ्नो क्लबको खेलमा व्यस्त रहने र क्लबले राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेल हुने केहि दिनअघि मात्र छाड्ने भएकाले उनीहरु टोलीमा रहेका छैनन्। पछिल्लो खेलमा पनि दुवै खेलाडी खेलको केहि अघिमात्र टोलीसँग मिसिएका थिए।
यता ताजिकिस्तानसँगको खेलका लागि नेपाली टोलीको तयारी गत साताबाटै सुरु भइसकेको छ। प्रशिक्षणमा यसअघि यमनसँगको टोलीमा रहेका २३ सँगै अन्य ९ खेलाडीलाई डाकिएको छ। एफसी यू २३ च्याम्पियनसिपको छनोट चरण खेलेर स्वदेश फर्केपछि उक्त टोलीमा रहेका राष्ट्रि टोलीका सदस्य प्रशिक्षणमा सामेल भएका छन्। यू २३ मा १० खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन्।
फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएर यमनसँगको खेल गुमाएका विक्रम लामा पनि प्रशिक्षणमा डाकिएको छ। यमनसँगको टोलीमा रहेका बाहेक प्रशिक्षणमा बोलाइएमा विक्रमसहित रेजिन धिमाल, गोलकिपर विशाल श्रेष्ठ, मानबहादुर तामाङ, विमल बस्नेत, विश्व अधिकारी, राजेन्द्र रावल, रञ्जन विष्ट र पहिलो पटक जर्जप्रिन्स कार्की छन् । राष्ट्रिय टोलीका आदित्य चौधरी भने यमनसँगको खेलका दौरान घाइते भएका थिए ।
चैत १५ गते फिलिपिन्सविरुद्धको खेलका लागि भने नेपालले कुनै मैत्रीपूर्ण खेल खेलको थिएन । यमनसँग जेठ २७ गते खेल्नु एकसाता अघि भने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ ।
नेपालको १ अंक छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ । ताजकिस्तान अंक बिहिन छ । फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को हार बेहोरेको नेपालले घरेलु मैदानमा यमनसँग ०-० को बराबरी खेलेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]