default_image

8 years ago

July 22, 2017

नेपाली फुटबल टोली जापान भ्रमणमा जाने

298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि भने नेपाली राष्ट्रिय टोलीले केही दिन वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ।

‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि जापान जान लागेका हौं’ नेपाली टोलीका व्यवस्थापक विराटजंग शाहीले हाम्रो खेलकुद डटकमलाई भने, ‘साउनको २५ मा गएर १० दिनपछि स्वदेश फर्कने योजनामा छौं ।’ नेपाली टोलीका प्रशिक्षक जापानी प्रशिक्षक ग्यातुको कोजी छन् । भदौ २० गते नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेल हुनेछ । समूह‘एफ’ मा नेपाल १ अंकसहित तेस्रो र अंक विहिन ताजकिस्तान अन्तिममा छ ।

ताजकिस्तानसँगको खेलका लागि नेपाली टोलीको तयारी गत साताबाटै सुरु भइसकेको छ । प्रशिक्षणमा यसअघि यमनसँगको टोलीमा रहेका २३ र अन्य ९ जनालाई प्रशिक्षणमा डाकिएको छ । एफसी यू २३ च्याम्पियनसिपको छनोट चरण खेलेर स्वदेश फर्केपछि उक्त टोलीमा रहेका राष्ट्रि टोलीका सदस्य प्रशिक्षणमा सामेल भएका छन् । यू २३ मा १० खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । १० मध्ये आधा जतिले शुक्रबारको प्रशिक्षणमा भाग लिएका थिए ।

फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएर यमनसँगको खेल गुमाएका विक्रम लामा पनि प्रशिक्षणमा डाकिएको छ । यमनसँगको टोलीमा रहेका बाहेक प्रशिक्षणमा बोलाइएमा विक्रमसहित रेजिन धिमाल, गोलकिपर विशाल श्रेष्ठ, मानबहादुर तामाङ, विमल बस्नेत, विश्व अधिकारी, राजेन्द्र रावल, रञ्जन विष्ट र पहिलो पटक जर्जप्रिन्स कार्की छन् । राष्ट्रिय टोलीका आदित्य चौधरी भने यमनसँगको खेलका दौरान घाइते भएका थिए ।

चैत १५ गते फिलिपिन्सविरुद्धको खेलका लागि भने नेपालले कुनै मैत्रीपूर्ण खेल खेलको थिएन । यमनसँग जेठ २७ गते खेल्नु एकसाता अघि भने नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ ।

नेपालको १ अंक छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ । ताजकिस्तान अंक बिहिन छ । फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को हार बेहोरेको नेपालले घरेलु मैदानमा यमनसँग ०-०  को बराबरी खेलेको थियो ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.