7 years ago
July 22, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगामा बार्सिलोना र रियल म्याड्रिड पहिलो पटक डिसेम्बरमा आमने-सामने हुने भएका छन् । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार बार्सिलोनाले डिसेम्बर २० मा रियलको घरेलु मैदनमा साविक विजेताको सामना गर्नेछ ।
लिग बिजेता रियल म्याड्रिडले डिपोर्टिभो ला कोरुना को घरेलु मैदानमा सिजनको पहिलो खेल खेल्नेछ भने बार्सिलोनाले नोउ क्याम्पमा रियल बेटिसको सामना गर्दै सिजनको प्रारम्भ गर्नेछ ।
घरेलु मैदानको मर्मतकालागि समयानुकुल पार्दै एथ्लेटिको म्याड्रिड र भिल्लारियलले सिजनको पहिलो दुइ खेल ‘अवे’ मैदानमा खेल्नेछ । ५१ वर्ष यताको घरेलु मैदान भिसेन्टे क्याल्डेरनलाई त्यग्दै एथ्लेटिको ७०,००० क्षमता युक्त वान्ड्रा मेट्रोपोलिटानोमा आफ्नु घरेलु खेलहरु आयोजना गर्दैछ ।
पहिलो दिनका खेलहरु :
एथलेटिक बिल्बाओ – गेटाफे
बार्सिलोना – रियल बेटिस
सेल्टा भिगो – रियल सोसिडाड
डिपोर्टिभो ला कोरुना – रियल म्याड्रिड
गिरोना – एथलेटिको म्याड्रिड
लेगानेस – अलाभेस
मालागा – ऐबार
सेभिल्ला – इस्प्यानोल
भ्यालेन्सिया – लास पाल्मास
भिल्लारियल – लेभान्टे
December 26, 2024
दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको एन्फा यू१६ लिगका लागि थ्री स्टार क्लबले आफ्नो समर्थकबाट प्रायोजन पाएको छ । लामो समयदेखि क्लबको समर्थन गर्दै आएका हाल अष्ट्रेलिया निवासी अरुण तिवारीले क्लबको यू१६ टोलीलाई आफ्नो कम्पनि सिल्भर रे रिअल्टिमार्फत प्रायोजन गरेका हुन् । थ्री स्टारले आफ्नो सामाजिक संजालमार्फत प्रायोजन […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो। सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ । बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि […]