7 years ago
July 21, 2017
मोनाको (एजेन्सी) – आफ्नो स्टार खेलाडीहरुलाई बेचेको मोनाकोले यस ट्रान्सफर विन्डोमा ठूला क्लबहरुको नजरमा रहेका किलियन बाप्पेको मूल्य तोकेको छ ।
स्पेनिस मिडिया मार्साका अनुसार यो सिजन बर्नान्डो सिल्भा , टिमोए बाकायोको र भालेर जर्मेन गुमाई सकेको मोनाकोले थप स्टार खेलाडी नगुमाउने नियतले बाप्पेको उच्च मूल्य तोकेको हो । मार्साको अनुसार मोनाकोले बाप्पेलाई १ सय ९० मिलियन युरोमा मुल्यांकन गरेको र यसले बाप्पेमाथि चासो राखेका सबै क्लब पछि हट्नेमा मोनाको विश्वस्त छ ।
१८ वर्षे बाप्पेले ५७ खेलमा २७ गोल गरिसक्दा युरोपका ठूला क्लबहरुको ध्यान खिचेका छन् । यसै ट्रान्सफर सिजनमा मोनाकोले लिभरपुलको १ सय मिलियन युरोको प्रस्ताव अस्वीकार गरि सकेको छ । रियल म्याड्रिड र बार्सिलोनाले बाप्पे प्रति चासो देखाउदै आएपनि मोनाकोले सबै प्रस्ताव अस्विकार गर्दै आएको छ ।
December 26, 2024
दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको एन्फा यू१६ लिगका लागि थ्री स्टार क्लबले आफ्नो समर्थकबाट प्रायोजन पाएको छ । लामो समयदेखि क्लबको समर्थन गर्दै आएका हाल अष्ट्रेलिया निवासी अरुण तिवारीले क्लबको यू१६ टोलीलाई आफ्नो कम्पनि सिल्भर रे रिअल्टिमार्फत प्रायोजन गरेका हुन् । थ्री स्टारले आफ्नो सामाजिक संजालमार्फत प्रायोजन […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो। सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ । बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि […]