8 years ago
July 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ। दुवै खेलमा पराजित भएको नेपाली टोलीले शुन्य अंक रहेको अर्को टोली लेबनानसँग अन्तिम खेल खेल्दैछ।
लेबनानविरुद्धको खेलमा पछिल्लो २ खेलमा पहेंलो कार्ड पाएका कारण फरवार्ड अन्जन बिष्ट उपलब्ध नभएपछि प्रशिक्षक राजु काजी शाक्यले उनको स्थानमा सन्जोग राईलाई सुरुवाती ११मा उतारेका छन्।
डिफेन्समा अनन्त तामाङ र गौरब बुढाथोकीलाई कमल श्रेष्ठ र दिनेश राजवंशीले साथ दिनेछन्। मिडफिल्डमा विश्वास श्रेष्ठ र सुनिल बल विङ्गरका रुपमा खेल्नेछन् भने हेमन गुरुङ र सुमन लामा सेन्टर मिडफिल्डमा रहनेछन्। आक्रमणमा कप्तान विमल घर्ती मगरसँग सन्जोग राइ रहनेछन्।
सुरुवाती ११:
एलन न्यौपाने
दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – कमल श्रेष्ठ
सुनिल बल – सुमन लामा – हेमन गुरुङ – विश्वास श्रेष्ठ
सन्जोग राइ – विमल घर्ति मगर (कप्तान)
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]