default_image

8 years ago

July 19, 2017

नेपाल र लेबनान भिड्दै

74 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत समूह चरणको २ खेलको समाप्तिसम्ममा नेपालले कुनै अंक जोडेको छैन। बुधबार हुने अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दैछ।

नेपालजस्तै आफ्नो पहिलो २ खेलमा पराजित भएको लेबनानले नेपालको तुलनामा कम गोल खाएको छ। दुवै टोली जित हात परेर प्रतियोगिताबाट सुखद बिदाई लिने दाउमा छन्। नेपालले पहिलो खेलमा युएईसँग ५-०को फराकिलो अन्तरको हार व्येहोरेको थियो भने दोश्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै उज्वेकिस्तानसँग २-०ले पराजित भयो। यता पहिलो खेलमा उज्वेकिस्तानसँग ३-१ले पराजित लेबनानले दोश्रो खेलमा युएईसँग १-०ले हार्यो। युएईसँगको खेलमा लेबनानले अन्तिम समयमा पेनाल्टीमार्फत गोल खाएको थियो।

लेबनान तुलनात्मक रुपमा नेपालभन्दा शारीरिक रुपले बलियो देखिन्छ। उसको विगतका खेलहरुमा प्रदर्शन पनि राम्रो हुँदै आएको छ। यता नेपालले भने दुवै खेलमा आशातीत प्रदर्शन गर्न सकेको छैन। प्रतियोगिताको अन्तिम चरणमा छनोट हुने सम्भावना समाप्त भइसकेकोले दुवै टोलीमा कुनै प्रकारको दबाब छैन।

समूहको शीर्षस्थानको टोलीको टुङ्गो लगाउन आज हुने पहिलो खेलमा घरेलु टोली युएई र उज्वेकिस्तान खेल्दैछन्। खेल बराबरी भएको अवस्थामा युएई समूह विजेता बन्नेछ। नेपाल र लेबनानको खेल नेपाली समयानुसार रातको ११ बजे सुरु हुनेछ।

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.