8 years ago
July 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ। दुवै खेलमा पराजित भएको नेपाली टोलीले शुन्य अंक रहेको अर्को टोली लेबनानसँग अन्तिम खेल खेल्दैछ।
लेबनानविरुद्धको खेलमा पछिल्लो २ खेलमा पहेंलो कार्ड पाएका कारण फरवार्ड अन्जन बिष्ट उपलब्ध हुने छैनन्। प्रशिक्षक राजु काजी शाक्यले उनको स्थानमा सन्जोग राइ अथवा सुनिल बललाई उतार्ने सम्भावना रहेको छ। यसैगरी मिडफिल्डमा पनि नेपाली टोलीले राम्रो प्रदर्शन गर्न सकेको छैन। पहिलो खेलमा हेमन-हेमन्तको जोडी ४३ मिनेट टिकेको थियो भने दोश्रो खेलमा पुजन-हेमनको जोडी ३३ मिनट टिक्यो। सेन्टर मिडफिल्डमा प्रशिक्षक शाक्यले सुमन लामालाई पनि खेलाउन सक्नेछन्।
यता डिफेन्समा भने पछिल्लो खेलमा तुलनात्मक रुपमा सुधार आएपछि सोहि सेटले खेल्ने प्रबल सम्भावना छ। पछिल्ला दुवै खेलमा गोलरक्षक एलनको प्रदर्शनमा खासै सुधार नआएकाले किशोर गिरिले पनि मौका पाउन सक्नेछन्। नेपालको छनोट को सम्भावना समाप्त भइसकेको कारणले गर्दा पनि प्रशिक्षक शाक्यले नयाँ अनुहारलाई मौका दिन सक्नेछन्।
सम्भावित सुरुवाती ११:
किशोर गिरि
दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – कमल श्रेष्ठ
सुनिल बल – सुमन लामा – हेमन गुरुङ – विश्वास श्रेष्ठ
सन्जोग राइ – विमल घर्ति मगर (कप्तान)
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]