8 years ago
July 18, 2017
युठा , अमेरिका (एजेन्सी)– नयाँ क्लबका लागि रोमेलु लुकाकुले गोल गरेपछि प्रि सिजन यात्रामा अमेरिकामा रहेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो सफलता हासिल गरेको छ । रियो टिन्टो रंगशालामा भएको खेलमा रहेको युनाइटेडले रियल साल्ट लेकलाई २–१ ले हराएको थियो ।
रियल साल्टले खेलमा अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन । नयाँ कालो किटका साथ उत्रेको युनाइटेडविरुद्ध घरेलु टोलीले लुइस सिल्भाको गोलबाट २० औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यसको नौं मिनेटपछि नै हेनरिख मेकिटारियनले बराबरी गोल फर्काए ।
३८ औं मिनेटमा युनाइटेडका लागि लुकाकुले गोल गरे । उनले मेकिटारियनको पासमा गोल गरेका हुन् । क्लबका लागि दोस्रो खेलमा यो उनको पहिलो गोल हो । दुई दिनअघि युनाइटेडले एलए ग्यालेक्सीलाई ५–२ ले हराउँदा लुकाकु दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]