8 years ago
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल समूह ‘डी’को दोश्रो खेलमा उज्वेकिस्तानको सामना गर्दैछ। मध्यान्तरको खेलसम्म नेपाल १-०ले पछाडी परेको छ।
खेलको १४औं मिनेटमा उज्वेकिस्तानका कप्तान उरिन्बोभ जाबीखिल्लो टोलीलाई अग्रता दिलाउने सुवर्ण मौका चुकाएका थिए। सिक्स यार्ड बक्सबाट आएको लो क्रसमा किपरसँगै सबै डिफेन्डर बिट हुँदा बललाई पोष्टको दिशातर्फ दिन चुकेका थिए। उज्वेकिस्तानले निरन्तर आक्रमण गरेपनि नेपाली डिफेन्सले त्यसलाई विफल तुल्याएको थियो।
तर खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए। नेपालले केहि राम्रो आक्रमण सिर्जना गरेपनि त्यसको सदुपयोग भने गर्न सकेन। उज्वेकिस्तानको हाफमा पुगेपछि नेपाली खेलाडी केहि हतारिएका देखिएका थिए।
प्रशिक्षक राजु काजी शाक्यले पहिलो हाफमै एक खेलाडी परिवर्तन पनि गरेका छन्। उनले मिडफिल्डर पुजन उपरकोटीको स्थानमा सुनिल बललाई मैदान प्रवेश गराएका छन्। सुनिलको आगमनसँगै टोली आक्रमणमा भने केहि बलियो देखिएको छ। इन्ज्युरी समयको दोश्रो मिनेटमा सुनिल बलको क्रसमा अन्जन विष्टले प्रहर गरेको ओभरहेड किकले गोलरक्षकलाई कष्ट दिन सकेको थिएन।
यदि नेपालले यस खेलमा नतिजा उल्टाउन नसकेको खण्डमा अन्तिम चरणमा पुग्ने सम्पूर्ण सम्भावना समाप्त हुन्छ। नेपालले बुधबार समूहको अन्तिम खेलमा लेबनानको सामना गर्नेछ।
January 18, 2025
अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]