8 years ago
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु टोली युएईसँग पहिलो खेलमा ५-० ले पराजित भएको नेपाल यु-२३ टोलीका प्रशिक्षक राजु काजी शाक्यले उज्बेकिस्तानविरुद्ध आज हुने दोस्रो खेलको पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका छन् ।
उज्बेकिस्तान विरुद्ध दोस्रो खेल खेल्दै गरेको नेपालका लागि पहिलो रोजाइमा शाक्यले मिडफिल्डमा सुनिल बल र हेमन्त थापामगरको स्थानमा पुजन उपरकोटी र विश्वास श्रेष्ठलाइ मौका दिएका छन् । त्यस्तै लेफ्ट डिफेन्समा अमित तामाङको ठाउ कमल श्रेष्ठले लिएका छन् । पहिलो खेलमा अमितको स्थानमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका कमल दोस्रो खेलमा भने पहिलो रोजाईमा पर्न सफल भएका छन् । त्यस्तै पुजन र विश्वासले पनि परिवर्तित खेलाडीको रुपमा पहिलो खेलमा मौका पाएका थिए ।
पहिलो खेलको हार पछि नेपाली टोली दबाबमा छ । आजको खेल गुमाएमा नेपाल छनोट चरणबाट बाहिरिने छ । उता पहिलो खेलमा उज्बेकिस्तानले लेबनानलाई ३-१ ले हराएको थियो ।
नेपाल र उज्बेकिस्तान बीचको खेल आज राती नेपाली समय अनुसार ८:१० बजे सुरु हुनेछ ।
नेपालको सुरुवाती ११:
गोलरक्षक: एलन न्यौपाने
डिफेन्स: दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी –कमल श्रेष्ठ
मिडफिल्ड: सुमन लामा – हेमन गुरुङ– पुजन उपरकोटी – विश्वास श्रेष्ठ
फरवार्ड: बिमल घर्ती मगर – अन्जन बिष्ट
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]