default_image

8 years ago

July 17, 2017

उज्वेकिस्तान विरुद्ध नेपालको सम्भावित सुरुवाती ११

107 views

0 Bookmark

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले उज्बेकिस्तानको सामना गर्दैछ नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्

प्रशिक्षक राजु काजी शाक्यले युएईविरुद्ध उत्रिएको टोलीबाट केहि परिवर्तन गर्ने सम्भावना रहेको छ पछिल्लो खेलमा खराब प्रदर्शन गरेका लेफ्ट ब्याकमा अमित तामाङको स्थानमा विश्वास श्रेष्ठको सम्भावना रहेको छ भने राइट ब्याक दिनेश राजबंशीको स्थानमा कमल श्रेष्ठ आउन सक्नेछन्।

पछिल्लो खेलमा मिडफिल्डमा हेमन्त र हेमनको उपस्थितिले डिफेन्सिभ रुपमा कमजोर भएका कारणले प्रशिक्षकले सुरुवाती रोजाईमा पुञ्ज उपरकोटीलाई राख्ने सम्भावना उत्तिकै छ। बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेल र युएई विरुद्धको पहिलो खेलमा सुरुवाती ११मा खेलेका हेमन र हेमन्तको जोडीले मिडफिल्ड सम्हाल्न सकेको थिएन। तर पुजनको आगमनसँगै दुवै खेलमा केहि स्थिरता देखिएको थियो।

आक्रमणमा भने कप्तान विमल र अन्जन विष्टले जिम्मेवारी सम्हाल्नेछन्

सम्भावित सुरुवाती ११:

गोलरक्षक: एलन न्यौपाने

डिफेन्स: कमल श्रेष्ठ  – अनन्त तामाङ – गौरब बुढाथोकी –विश्वास श्रेष्ठ

मिडफिल्ड: सुमन लामा – पुजन उपरकोटी – हेमन्त थापा मगर – सुनिल बल

फरवार्ड: बिमल घर्ती मगर – अन्जन बिष्ट

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.