default_image

8 years ago

July 17, 2017

घरेलु फुटबललाई बलियो नबनाई हुन्न – निराजन

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका मिडफिल्डर निराजन खड्का आफ्नो विचार प्रष्ट राख्ने खेलाडीका रुपमा पनि चिनिन्छन् । नेपाली फुटबलका बारेमा उनी बेला बेला आफ्ना अनुभवलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् ।

Nirajan Khadka

निराजन खड्का । फाइल तस्बिर

राष्ट्रिय फुटबल टोलीबाट पनि लामो समय खेलिसकेका निराजनले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एएफसी यू २३ च्याम्पियनसिप छनोटमा नेपालको पहिलो खेलको प्रदर्शन र त्यसपछि आएका प्रक्रियापछि आफ्नो भनाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

आयोजनक युएईसँग पहिलो खेल शनिबार ५–० को हार बेहोरिसकेको नेपाली युवा टोलीले आज नेपाली समय अनुसार राती ८ः१० बजे सुरु हुने खेलमा उज्वेकिस्तानको सामना गर्नेछ । निराजनले यु २३ सँगै नेपालले अन्य प्रतियोगिताका तयारीमा अपनाउँदै आएको रणनीतिका विषयमा प्रश्न मात्र गरेका छैनन्, अहिलेको आधुनिक फुटबललाई कसरी अघि बढाउन सकिन्छ भन्नेमा पनि आफ्नो धारणा राखेका छन् ।

फेसबुकमार्फत निराजनले व्यक्त गरेको विचार

वर्तमान फुटबल अत्याधुनिक भईसकेको छ हजुर । कस्तो टिम सँग खेल्ने हो ? कस्तो वातावरणमा,तापक्रममा ? कसरी ? त्यहि अनुसार तैयारी कसरी र मैत्रीपूर्ण खेल कस्तो टिम सँग खेल्दा ठीक होला ? हारे पनि जिते पनि सिक्यौ के के ? र हाम्रो वास्तविक ल्याकत र अवस्था के हो र के आशा गर्ने ? यो त अहिले साधारण फुटबल प्रेमीले नै बताउँन सक्छन् जस्तो लाग्दछ, मलाई।

समयको माग अनुसार अघि बढ्न सकिएन भने हाम्रो फुटबल यस्तै रहिरहने कुरामा दुई मत छैन । पहिले पनि र अहिले पनि त्यही छौ हामी, हैन र ? दक्षिण एसियामा र त्यस भन्दा माथी कहिले ? अहिले जित हार भन्दा पनि खेल र खेलाडीलाई व्यवसायिक बनाउनु, निजी तथा व्यवसायिक संस्थाहरुलाई लगानीमा प्रोत्साहन गर्नु ,घरेलु फुटबललाई बलियों र प्रतिस्पर्धात्मक नबनाई हुन्न ।

दुरदर्शी ,पारदर्शिता ठूलो लगानी र निरन्तर योग्य र समय सापेक्ष परिवर्तन, प्राविधिक र विशेषज्ञहरुको अत्याधिक खाँचों देख्छु म त । कोही पनि नरिसाउनु होला है? म जे देख्छु त्यही भन्छु ,कसै संग निजी रिस र जलन छैन हजुर । म एउटा चेतनशील,कर्मठ र भावनात्मक खेलाडी हु र फुटबलको र विशेष गरि खेल, खेलाडी ,कोच लगायत सम्पूर्ण प्रणालीको सकारात्मक विकास परिवर्तन र विकास चाहन्छु । जवाफदेही गोर्खालीपन, कहिले हार नमार्ने,कर्मठ जनशक्तिको कमी पनि देख्छु । विकासमा र व्यवसायिकतामा सम्झौता कदापी गर्नुहुन्न ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.