8 years ago
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल पहिलो खेलमा आयोजक युएईसंग ५-०ले पराजित भयो। खेलमा पराजय भोगेपछि टोलिका प्रशिक्षक राजु काजी शाक्यले भने गर्मीका कारण खेल्न गाह्रो भएको अभिव्यक्ति दिएका छन्।
खेलपछि पत्रकारसँग बोल्दै प्रशिक्षक शाक्यले पहिलो खेल भएकाले नेपालको खेल खासै नराम्रो नभएको बताए। ‘पहिलो खेल भएकाले खेलाडीहरुले धेरै नराम्रो खेले भन्न मिल्दैन। युएई निकै राम्रो टोली हो र यस्तो टोलीको विरुद्धमा हामीले २ गल्ति गरेर पेनाल्टी दियौं। हाम्रो खेलाडीहरुले युएईलाई बुझ्न सकेनन।‘
‘घरेलु टोली भएकाले उनीहरुलाई गर्मीको पनि बानी पारेको छ। हामी नेपालमा वर्षातको मौसममा खेलिरहने बानि भएकाले गर्मीमा खेल्न गाह्रो भएको हो। युएई शारीरिक रुपमा एकदम बलियो छ र हाम्रो टोलीले उनीहरुलाई रोक्न सकेन।’
पहिलो खेलमा फराकिलो हार व्येहोरेको नेपालको अझैपनि छनोट हुने झिनो सम्भावना कायम छ। टोलीले सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्नेछ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]