default_image

8 years ago

July 16, 2017

नेपालको छनोट हुने सम्भावना कस्तो छ?

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह ‘डि’को पहिलो खेलमा कमजोर सुरुवात गर्यो। शनिबारको खेलमा नेपाली टोलीले घरेलु टोलीसँग ५-०को फराकीलो पराजय भोगेको थियो। यस हारले नेपाली टोलीको अन्तिम चरणमा छनोट हुने सम्भावनालाई पनि लगभग अन्त्य गराएको छ।

बंगलादेश विरुद्धको सुरुवाती एघार

समूहकै अर्को खेलमा उज्वेकिस्तानले लेबनानलाई ३-१ले पराजित गरेपछि नेपाल सनूहको पुछारमा रहने निश्चित भएको हो। नेपाललाई पराजित गरेको युएई अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने उज्वेकिस्तान दोश्रो स्थानमा रहेको छ। लेबनान पनि नेपालझैं अंकविहिन छ र गोल अन्तरका आधारमा नेपालभन्दा माथि तेश्रो स्थानमा छ।

प्रतियोगिताको नियमावली अनुसार समूह चरणका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन्। यदि अन्तिम चरणको आयोजक चिन स्वत: छनोट भएमा छैटौं उत्कृष्ट टोली पनि अगाडी बढ्नेछ। प्रतियोगितामा सहभागी ४० देशलाई १० समूहमा विभाजन गरिएको छ।

नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठुलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ। ५-०को हारसँगै नेपालको अंक र गोलअन्तर दुवैमा ठुलो सुधार आवश्यक रहेको छ। नेपाललो समूह चरणको अन्य खेलमा सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्दैछ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.