7 years ago
July 13, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्सटको सामना गरेर यस सिजनको प्रि-सिजन खेलको सुरुवात गर्नेछ। पहिलो खेलमा युभेन्टसपछि दोस्रो खेलमा बार्साले म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ भने प्रतियोगिताको अन्तिम खेलमा चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडको सामना गर्नेछ ।
बार्सिलोनाले पहिलो खेल जुलाई २२ मा युभेन्टससँग न्यू जर्सीमा खेल्नेछ भने मेरील्याण्डमा जुलाई २६मा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। त्यस्तै अमेरिकाको फ्लोरिडामा बार्सिलोनाले इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गतको अन्तिम खेलमा रियल म्याड्रिडको सामना गर्नेछ।
अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपको सहभागिता पछि बार्सिलोनाले घरेलु मैदानमा गत वर्ष विमान दुर्घटनामा लगभग सम्पूर्ण टोली गुमाएको चापेकोएन्सीलाई निम्त्याउनेछ।
खेल तालिका
December 26, 2024
दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको एन्फा यू१६ लिगका लागि थ्री स्टार क्लबले आफ्नो समर्थकबाट प्रायोजन पाएको छ । लामो समयदेखि क्लबको समर्थन गर्दै आएका हाल अष्ट्रेलिया निवासी अरुण तिवारीले क्लबको यू१६ टोलीलाई आफ्नो कम्पनि सिल्भर रे रिअल्टिमार्फत प्रायोजन गरेका हुन् । थ्री स्टारले आफ्नो सामाजिक संजालमार्फत प्रायोजन […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो। सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ । बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि […]