8 years ago
July 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलहरु खेल्न नेपाल यू२३ राष्ट्रिय फुटबल टोली आज युएई प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीलाई बुधबार बिदाई गरेको थियो।
टोली त्रिभुवन विमानस्थलबाट बिहान ८:१५ बजेको फ्लाई दुबई विमानबाट दुबई पुग्नेछन्।
नेपाली टोलीले शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक युएईको सामना गर्दैछ। दोश्रो खेलमा सोमबार त्यसै समयमा उज्बेकिस्तान र नेपालले खेल्नेछन्। अन्तिम खेल भने लेबनानसँग रातको ११:०० बजे बिहिबार खेलिनेछ।
नेपालको समूहको सम्पूर्ण खेल अल आइन सहरको ताहनोन मोहमद बिन रंगशालामा हुनेछ। टोलीमा रहने २३ सदस्यीय टोलीको यसअघिनै घोषणा भइसकेको छ। विमल घर्ती मगर कप्तान रहेका टोलीका मुख्य प्रशिक्षकमा राजु काजी शाक्य रहेका छन्।
प्रतियोगिताको तयारीका लागि नेपालले मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई १-०ले पराजित गरेको थियो।
२३ सदस्यीय खेलाडीको नाम:
गोलकिपर – एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी
रक्षक – अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी
मिडफिल्ड – हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत
फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]