8 years ago
July 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलहरु खेल्न युएई प्रस्थान गर्ने यू२३ राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बिदाई गरेको छ। नेपाली टोली भोली बिहानै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
असार ३१ देखि श्रावण ४ सम्म हुने प्रतियोगिताको शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक युएईको सामना गर्दैछ। दोश्रो खेलमा सोमबार त्यसै समयमा उज्बेकिस्तान र नेपालले खेल्नेछन्। अन्तिम खेल भने लेबनानसँग रातको ११:०० बजे बिहिबार खेलिनेछ।
नेपालको समूहको सम्पूर्ण खेल अल आइन सहरको ताहनोन मोहमद बिन रंगशालामा हुनेछ। नेपाली टोलीलाई एन्फाले आज एक कार्यक्रमबीच बिदाइ गर्ने जानकारी दिएको छ। टोलीमा रहने २३ सदस्यीय टोलीको यसअघिनै घोषणा भइसकेको छ। विमल घर्ती मगर कप्तान रहेका टोलीका मुख्य प्रशिक्षकमा राजु काजी शाक्य रहेका छन्।
प्रतियोगिताको तयारीका लागि नेपालले मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई १-०ले पराजित गरेको थियो।
२३ सदस्यीय खेलाडीको नाम:
गोलकिपर – एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी
रक्षक – अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी
मिडफिल्ड – हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत
फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]
March 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले २४ औं आहा!रारा पोखरा […]