8 years ago
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू २३ राष्ट्रिय फुटबल टोलीका कप्तान एवं फरवार्ड विमल घर्ती मगरको चोट सामान्य रहेको टोलीका फिजियो राजु दाहालले जानकारी दिएका छन्। बंगलादेशको यू२३ टोली विरुद्धको १-० को जितमा विमललाई चोट लागेको थियो ।
खेलको २७औं मिनेटमा बक्सको दायाँतर्फबाट पोष्टमा कडा प्रहार गरेका विमलको ल्यान्डिङगर्दा काँधमा दबाब पारेको थियो। पहिला चोट लागेको भागमा एक्कासी दबाब पर्नाले उनलाई अत्याधिक दुखाइ भएपछि फिजियो दाहालले मैदानबाहिर लगेर आइसीङ गरेका थिए। लामो समयसम्म दुखाइ कम नभएपछि प्रशिक्षक राजु काजी शाक्यले उनको स्थानमा विश्वास श्रेष्ठलाई मैदानमा पठाएका थिए।
खेलपछि हाम्रो खेलकुद डट कमलाई जानकारी दिंदै टोलीका फिजियो राजु दाहालले चोट सामान्य भएको बताएका छन्। ‘विमलको चोट सामान्य हो। पहिला चोट लागेको ठाउँमा परेकोले अत्यधिक दुखाइ भएको थियो। चिन्ता गर्नुपर्ने चोट हैन।’ उनको चोट सामान्य रहेको विमल आफैंले पनि बताए। उनले भोलीदेखि नै प्रशिक्षणमा फर्कने सम्भावना रहेको छ।
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]
March 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]