default_image

8 years ago

July 11, 2017

नेपाल १-०ले विजयी

140 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोली र बंगलादेश यू२३ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले १-०को जित दर्ता गरेको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। 

खेलको २०औं मिनेटमा कप्तान विमल घर्ती मगरले अन्जन विष्टको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले अन्जनको डी बक्स भित्रको पासलाई पहिलो टचमा टर्न गर्दै आफ्नो फेभरेट बायाँ खुट्टाले प्रहार गर्दै जाली चुमाएका थिए। त्यसपछि विमलले अर्को मौका पाएपनि उनको कडा प्रहार गोलरक्षकले पहिलो बारमा मुस्किलले बचाएका थिए। उक्त सट प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको काँधमा चोट लाग्न पुगेको थियो। त्यसपछि उनको स्थानमा विश्वास श्रेष्ठले मैदानमा प्रवेश पाए। पहिलो हाफमा थप कुनै राम्रो अवसर सिर्जना हुन सकेन।

दोश्रो हाफमा नेपालले सुरुवातमा केहि मौका बनाएको थियो। खेलको ६४औं मिनेटमा गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा अन्जनले उत्कृष्ट ओभरहेड सट प्रहार गरेपनि उक्त सट डिफेन्सलाई लाग्दै बाहिरिएको थियो। बंगलादेशका लागि हेमन्तो विश्वासको बक्स बाहिरबाट गरेको प्रहारलाई ६९औं मिनेटमा गोलरक्षक एलन न्यौपानेले मुस्किलले बचाएका थिए।  त्यसपछि ७८औं मिनेटमा सुनिल बलले सुनौलो मौका गुमाए। सुमन लामाको लेअफमा सुनिलको सट आकाशिएको थियो।

खेलको दोश्रो हाफको इन्ज्युरी समयको तेश्रो मिनेटमाविवेक बस्नेतको पासमा विश्वास श्रेष्ठले गोल गर्ने सुनौलो मौका चुकाएका थिए।  गोलरक्षक पोजिसनमा नभएको बेलामा उनले बललाई पोष्टको दिशा दिन सकेनन्। खेलमा थप गोल हुन नसकेपछि कप्तान विमलले पहिलो हाफमा गरेको गोलनै निर्णायक सावित भयो।  नेपालको लागि पुजन उपरकोटी, सन्जोग राइ, विवेक बस्नेत, लक्ष्मण जिसी लगायतका खेलाडी वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।

नेपालको सुरुवाती ११:

एलन न्यौपाने: दिनेश राजवंशी, अनन्त तामाङ, गौरब बुढाथोकी, अमित तामाङ: सुमन लामा, हेमन्त थापा मगर, हेमन गुरुङ, सुनिल बल: अन्जन विष्ट, विमल घर्ति मगर (कप्तान)

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

March 13, 2025

काठमाडौं डिसीसी कप हुने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा चैतको पहिलो साता काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसीसी कप’ हुने भएको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ गतेसम्म प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जनाएका छन्। पहिलो पटक हुन लागेको […]

Success

Thank you for your time.