default_image

8 years ago

July 11, 2017

जापानमा नेपाली समूदायबीच समर कप फुटसल हुने

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा नेपाली समुदायकाबीच दोस्रो समर कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । खुकुरी एफसीको आयोजनामा आइतबार सञ्चालन हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक खुकुरी एफसीले जनाएको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्नेछन् ।

आयोजक खुकुरी एफसी (रेड), एभरेष्ट एफसी, फुकुका ब्रदर्श र क्योदाई सिजुका एफसी समूह ‘ए’ मा तथा वाजिरो एफसी (निलो), तमु धिन एफसी, नेप्लिज ब्रदर्श ‘ए’ र गर्खाली एफसी समूह ‘बी’ मा छन् ।

त्यस्तै समूह ‘सी’ मा वाजिरो (सेतो), केएसयु स्पोर्ट क्लब ‘ए’, नेप्जिल ब्रदर्श‘बी’ र नेपाल एफसी तथा समूह ‘डी’ मा खुकुरी एफसी (निलो), तेन्जिन ल्याड्स, केएसयु‘बी’ कुरुमे एफसी समूह ‘डी’ मा छन् ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.