8 years ago
July 11, 2017
काठमाडौँ (हाम्री खेलकुद) – नेपाल यू२३ र बंगलादेश यू२३ बीच आज सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ। एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका टोलीले दिउसो ३ बजे खेल्दैछन्।
विमल घर्ती मगर कप्तान रहेको टोलीका प्रशिक्षक राजु काजी शाक्य रहेका छन्। सहायक प्रशिक्षकमा प्रकाश अर्याल छन् भने गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र रहेका छन्। यस खेलको सम्भावित सुरुवाती एघार यसप्रकार छ:
गोलरक्षण: एलन न्यौपाने
डिफेन्स: दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – कमल श्रेष्ठ/अमित तामाङ
मिडफिल्ड: सुमन लामा – हेमन गुरुङ – हेमन्त थापा मगर – सुनिल बल
फरवार्ड: बिमल घर्ती मगर – अन्जन बिष्ट
राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा सबै १० खेलाडीले सुरुवात गर्ने सम्भावना छ। लेफ्ट ब्याकमा अमित तामाङ र कमल श्रेष्ठमा एक खेलाडीले खेल्नेछन्। मिडफिल्डमा हेमन्त र हेमनको उपस्थितिले डिफेन्सिभ रुपमा कमजोर हुने कारणले प्रशिक्षकले परिवर्तन गर्ने सम्भावना उत्तिकै छ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]