8 years ago
July 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत आगामी असार ३१ बाट युएईमा नेपालले समूह चरणका खेलहरु खेल्दैछ। त्यसै प्रतियोगिताको तयारीका लागि भोली नेपाल र बंगलादेशको यू२३ टोलीबीच मैत्रीपूर्ण खेल संचालन हुँदैछ।
प्रशिक्षक राजु काजी शाक्यको टोलीले प्रतियोगिताको लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ४ मध्ये ३ गोलरक्षक अन्तिम टोलीमा अटाए। एलन न्यौपाने, अशोक बराल र किशोर गिरिले अन्तिम टोलीमा स्थान बनाए भने रोमन रसाइली टोलीमा परेनन्। गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्रले विगत ३ सातायता टोलीलाई प्रशिक्षण दिइरहेका थिए।
अन्तिम टोलीमा पर्न सफल गोलरक्षकहरु:
१. एलन न्यौपाने
थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका एलन विगत लामो समयदेखि उमेर समूहको टोलीमा रहेका छन्। राष्ट्रिय टोलीको अन्तिम टोलीमा समेत स्थान बनाउन सफल न्यौपाने यस टोलीका सुरुवाती गोलरक्षक रहने लगभग पक्का छ। थ्री स्टारको पहिलो रोजाई बनिसकेका एलनले यसअघि उमेर समूहको यू२३मै पनि खेलिसकेका छन्।
२. अशोक बराल
पछिल्लो पटक सरस्वति क्लबबाट लिग खेलेका अशोकले उमेर समूहका प्रतियोगिताहरुमा पनि खेलेका छन्। एन्फा एकेडेमीमा रहेर यू१९मा पनि सहभागिता जनाएका बरालले मोफसलका केहि प्रतियोगिताहरु पनि खेल्दै आएका थिए।
३. किशोर गिरि
झापाका किशोर गिरीले राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान तानेका थिए। त्यसपछिका मोफसलका प्रतियोगितामा उनले झापा एघार देखि हिमालयन शेर्पासम्मको जर्सी लागौं भ्याए। हाल शेर्पासँग आबद्ध रहेका किशोर पहिलोपटक उमेर समूहको टोलीमा अटाएका हुन्।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]