8 years ago
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न युएई जाने नेपाली टोलीको अन्तिम नामावली घोषणा भएको छ। बिमल घर्ति मगरको कप्तानीमा रहेको २३ सदस्यीय टोलीको नाम आज प्रशिक्षक राजु काजी शाक्य लगायतको प्रशिक्षण टोलीले सार्वजनिक गरेको हो।
संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने च्याम्पियनसिप छनोटको समूह ‘डी’ मा रहेको नेपालले असार २९ गते त्यस्ते तर्फ प्रस्थान गर्नेछ। २९ जना खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट ६ खेलाडीले अन्तिम छनोटमा स्थान बनाउन सकेका थिएनन्।
१. गोलरक्षक रोमन रसाइली
यू१९ साफ विजेता टोलीका सदस्य रहेका रोमन विगत डेढ वर्षदेखि मैदानबाहिर रहे। उनले घुँडाको शल्यक्रियाका कारण मैदान बाहिर रहेका कारण यस छनोट बाटनै उनको लागि पुनरागमनको बाटो खुलेको थियो। उनि टोलीमा नअट्नुको मुख्य कारण पनि सोहि रहेको बुझिएको छ।
२. फरवार्ड सुजित गुरुङ
एएफसी यू१६ च्याम्पियनसिपको अन्तिम चरणमा सहभागिता जनाएका गुरुङले यू१९ टोलीमा पनि खेलेका थिए। यस पटक भने उनि अन्य फरवार्डका तुलनामा केहि फिक्का देखिएकाले टोलीमा अटाउन सकेनन।
३. मिडफिल्डर मिसन लामा
प्रारम्भिक टोलीमा आश्चर्यजनक रुपमा अटाएका मिसनले सी डिभिजनमा प्लानिङ् ब्वाइजबाट खेलेका थिए। उनको यो उमेर समुहको राष्ट्रिय टोलीमा पहिलो सहभागिता रहेको थियो।
४. फरवार्ड तिर्थ राना
पुलिससँग आबद्ध फरवार्ड तिर्थले एक सातामात्र प्रशिक्षण गरे। पहिलो २ साताको प्रशिक्षण गुमाएकाले पनि उनले टोलीमा स्थान बनाउन सकेनन्।
५. डिफेन्डर सुमन अर्याल
आर्मीको यू१८ लिग विजेता टोलीका कप्तान रहेका सुमनलाई आगामी यू१९ टोलीका कप्तानका रुपमा हेरिएको छ। प्रशिक्षक शाक्यले भने उनलाई अनुभवका लागि टोलीमा समेटेको हुनसक्ने अनुमान रहेको छ।
६. फरवार्ड अनिल गुरुङ
चोटका कारण प्रशिक्षणमा अधिकांश समय आफ्नो उच्चतम प्रदर्शन गर्न नसकेका अनिल यस पटकको अन्तिम छनोटमा अटाउन सकेनन्।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]