8 years ago
July 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले नयाँ क्लब नुवावडिङ सिटी एफसीका लागि पहिलो गोल गरेका छन् । नुवावडिङले एनपिएलमा आइतबार बालाराट सिटी एफसीलाई ३–१ ले हराएको थियो ।
६९ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका जगतिजले अन्तिम मिनेटमा टोलीका लागि गोल गरेका थिए । नयाँ क्लबका लागि पाँचौं खेलमा त्यो पहिलो गोल हो । आइतबार जारोर्ड डेल मोनाकोले पहिलो हाफमा गोल गरेका थिए भने अर्को गोल प्याट्रिक ग्रेहार्टले ७६ औं मिनेमा गरेका थिए ।
सनसाइन बाट नुवावाडिङ पुगेपछि जगजितले खेलेका पाँच मध्ये ३ खेलमा टोली विजयी भएको थियो भने २ खेलमा पराजित भएको थियो । २० टोलीको सहभागिता रहेको एनपिएलका २२ खेलमा नवावडिङ २४ अंकसहित आठौं स्थानमा छ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]