default_image

7 years ago

July 8, 2017

कमजोर व्यवस्थापनबीच राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, मध्यमाञ्चल च्याम्पियन

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कमजोर व्यवस्थापनबीच शनिबार सम्पन्न नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदमा मध्यमाञ्चल लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । ८ खेल समावेश खेलकुदमा एथलेटिक्समा १ सय ६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २ सय ९३ अंक जोड्दै मध्यमाञ्चलले उपाधि रक्षा गरेको हो ।

नवौं राष्ट्रपति रनिङ सिल्डमा लगातार दोश्रोपटक च्याम्पियन बन्न सफल मध्यमाञ्चल टोली उपाधिसाथ ।तस्बिर- राखेप

पाँच खेल कराते, उसु, तेक्वान्दो, क्रिकेट र फुटबलको अंक टिम च्याम्पियनमा गणना गरिदैन ।पूर्न निर्माण कार्यले लथालिंग जस्तै देखिएको दशरथ रंगशालामा र अन्य ठाँउमा भएको प्रतियोगितामा २ सय ६४ अंकका साथ पशिमाञ्चल दोस्रो भयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको खेलकुदमा पश्चिमाञ्चलले एथलेटिक्समा १ सय ३८, कबड्डीमा ५६ र भलिबलमा ७० का साथ २ सय ६४ अंक प्राप्त गरेको थियो । एथलेटिक्समा १ सय ७३, कबड्डीमा १४ र भलिबलमा २८ गरी कुल २१५ अंक साथ मध्यपश्चिमाञ्चलले तेस्रो स्थान प्राप्त ग¥यो ।

४ सय मिटर दौडमा प्रकाशको कीर्तिमान
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । ५०.२० सेकेन्डमा दुरी पुरा गर्दै प्रकाशले कीर्तिमान बनाएका हुन् । प्रकाशले २०५८ सालमा भएको वीरेन्द्र रनिङ सिल्डमा कृष्ण महतोले राखेको ५२.८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

नवौं राष्ट्रपति रनिङ सिल्डको ४ सय मिटर दौडमा कीर्तिमानी स्वर्ण जितेका प्रकाश दनुवार (अगाडि) ।तस्बिर-राखेप

२०६५ सालअघि राष्ट्रपति रनिङ सिल्ड वीरेन्द्र रनिङ सिल्डको नाममा सञ्चालन हने गरेको थियो । ४ सय मिटर दौडमा मध्यमाञ्चलका भुवन महतो दोश्रो र पश्चिमाञ्चलका सन्दिप चौधरी तेश्रो भए । ४ सय मिटर दौड छात्रामा सुदूरपश्चिमाञ्चलकी अनिता भुल (१ मिनेट ०७.२५ सेकेन्ड) पहिलो तथा पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ दोश्रो र मध्यमाञ्चलकी काजल विष्ट तेश्रो बने ।

छात्रा त्रिपल जम्मा मध्यमाञ्चलका भुवन महतो १३.२३ मिटर जम्प लगाउदै शीर्ष स्थानमा रहे । मध्यपश्चिमाञ्चलका सुशिल केसी दोश्रो तथा सुदूरपश्चिमाञ्चलका निरकुमार रानाले तेश्रो भए । छात्रामा पश्चिमाञ्चलकी विपना परियारले स्वर्ण जितिन् । विपनाले १०.५६ मिटर जम्प गरिन् । सुदूरपश्चिमाञ्चलकी देविका पालले रजत तथा मध्यपश्चिमाञ्चलकी पूजा चौधरीले कांस्य जिते ।

छात्र ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरी पहिलो भए । उनले ४५.६५ मिटर थ्रो गरे । सुदूरपश्चिमाञ्चलका रमेश पोखरेल दोश्रो तथा मध्यमाञ्चलका सन्तराम माझी तेश्रो भए । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी खगेश्वरी ठगुन्ना २५.१९ मिटर थ्रो गर्दै अब्बल बनिन् । पश्चिमाञ्चलकी सुनीता थापा दोश्रो र मध्यमाञ्चलकी एलिना खड्का तेश्रो भए ।

नवौं राष्ट्रपति रनिङ सिल्डमा कीर्तिमान रचेका चार छात्रा खेलाडी बायाँबाट प्रकाश दनुवार, भुवन महतो, निशान गुरुङ र अजितकुमार यादव पदकसाथ । साथमा ट्रिपल जम्पकी स्वर्ण विजेता विपना परियार (बीच) । तस्बिर-राखेप

छात्रा २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु पहिलो भइन् । जयरानीले २७.४४ सेकेन्ड समयमा दौड पुरा गरिन् । १ सय मिटर दौडमा पहिलो भएकी मध्यमाञ्चलकी लुजःला अमात्यले दोश्रो तथा पूर्वाञ्चलकी नेहा चौधरी तेश्रो भइन् ।

४ गुणा ४ सय मिटर रिलेको छात्रमा मध्यपश्चिमाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलले स्वर्ण, पश्चिमाञ्चलले रजत र मध्यमाञ्चलले कांस्य जित्यो ।
एथलेटिक्सतर्फ मात्र मध्यपश्चिमाञ्चल सर्वाधिक १ सय ७३ अंक जोड्दै टिम च्याम्पियन बन्यो । १ सय ६७ अंकमा मध्यमाञ्चल दोश्रो र १ सय ३८ अंकमा पश्चिमाञ्चल तेश्रो भए । तीनदिने एथलेटिक्समा जम्मा ४ छात्र खेलाडीले ५ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान रचे ।

त्यसमा मध्यमाञ्चलका अजितकुमार यादवले दोहोरा कीर्तिमान बनाए । उनले १ हजार ५ सय र ३ हजार मिटर दौडमा कीर्तिमान राखे । पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका भुवन महतोले लङजम्प र पूर्वाञ्चलका प्रकाश दनुवारले ४ सय मिटर दौडमा कीर्तिमान रचे । एक कीर्तिमानका लागि १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

भलिबलमा पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल च्याम्पियन बनेका छन् । राउन्ड रोविन लिगका आधारमा भएको प्रतिस्पर्धामा पश्चिमाञ्चलले अपराजित रहँदै १२ अंक जोड्यो । ८ अंकसाथ मध्यमाञ्चल दोश्रो तथा ५ अंकसाथ मध्यपश्चिमाञ्चल तेश्रो बने ।

नवौं राष्ट्रपति रनिङ सिल्डको छात्र/छात्रा भलिबल उपाधि विजेता मध्यमाञ्चल र पश्चिमाञ्चल टोली । तस्बिर- राखेप

छात्रामा च्याम्पियन बनेको मध्यमाञ्चलले पनि १२ अंक बटुल्यो । मध्यमाञ्चलले कुनै खेल गुमाएन । ९ अंक जोडेको पूर्वाञ्चल दोश्रो भयो । ५ अंकसाथ मध्यपश्चिमाञ्चलले तेश्रो भयो । अन्तिम दिन छात्र र छात्रातर्फ समान २ खेल भए ।

छात्रमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–२१ र २५–२३ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१५, २१–२५ र २५–१६ ले पराजित ग¥यो ।छात्रामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१० र २५–१८ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१९ र २५–१६ को सोझो सेटमा हरायो ।

फुटबलमा मध्यपश्चिमाञ्चल र मध्यमाञ्चललाई उपाधि

फुटबलको छात्रमा मध्यपश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चलले उपाधि जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र फाइनलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई २–० ले हरायो । दिपेनसिंह ठकुरी र हेमराज राउतको गोलमा मध्यपश्चिमाञ्चल च्याम्पियन बनेको थियो ।

छात्राको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४–१ ले हरायो । विजेताका रश्मी घिसिङले सविता राना मगर र रजनी थोकरले समान १ गोल गरे । पश्चिमाञ्चलकी उदया थापाले एक गोल फर्काइन् ।

कबड्डी – पश्चिम र सुदूरको शत प्रतिशत जित
कीर्तिपुरमा भएको कबड्डीको राउन्ड रोविन लिगमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले शत प्रतिशत जित निकालेका छन् । शत प्रतिशत नतिजासंगै पश्चिमाञ्चल छात्र र सुदूरपश्चिमाञ्चल छात्रामा च्याम्पियन बने । दुवैले समान १२ अंक जोडे ।

छात्र र छात्रा दुवैमा मध्यमाञ्चल समान ९ अंकसाथ दोश्रो स्थानमा रहे । अन्तिम दिन छात्रमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ६०–४९ ले पराजित ग¥यो भने मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई ४२–२८ ले हरायो । छात्रामा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले ३६–३६ को बराबरी खेले । अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ५९–२८ ले पाखा लगायो ।
पश्चिमाञ्चललाई क्रिकेट उपाधि
कीर्तिपुर क्रिकेट मैदानमा भएको छात्र क्रिकेटमा पश्चिमाञ्चलले उपाधि जित्यो । पूर्वाञ्चललाई ८ विकेटले हराउँदै पश्चिमाञ्चलले उपाधि जितेको हो ।

८५ रनको लक्ष्य पछ्याएको पश्चिमाञ्चलले १२.३ ओभरमा २ विकेट गुमाएर जित हासिल गरेको थियो । टोलीका विशाल कार्कीले ३३ र सुशान्त थापाले १९ रन योगदान गरे ।

त्यसअघि ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८४ रन सामान्य योगफल तयार पारेको थियो । जसमा राजन मगरले सर्वाधिक २२ रन जोडे । लिग कम नकआउट आधारमा भएको क्रिकेटमा छात्रको खेलमात्र समावेश थियो । कराते, उसु र तेक्वान्दो यसअघि सम्पन्न भइसकेको छ ।

September 22, 2024

बायर्नको अपराजित यात्रा कायमै

एजेन्सी – जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले अपराजित यात्रा कायम राखेको छ । सिजनमा लगातार चौथो जित निकाल्ने क्रममा बायर्नले शनिवार विडर ब्रेमेनलाई ५-० ले पराजित गर्यो । ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जिताउन माइकल ओलिसीले २ तथा सर्ज नेर्भी, ह्यारी केन र जमाल मुसियालाले समान १ गोल गरे । ओलिसीले २३औं मिनेटमा गोल गर्दै […]

September 22, 2024

पिएसजी र रेम्सले बराबरी खेले

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेम्ससँग बराबरी खेलेको छ । रेइम्सको मैदानमा आइतवार भएको खेलमा १-१ को बराबरीमा टुंगिएको हो। पिएसजीका लागि औसमाने डेम्बेले बराबरी गोल फर्काएका हुन्। केइटो नाकामुराको गोलमा रेम्सले नवौं मिनेटमा अग्रता बनाएको थियो । ६८औं मिनेटमा डेम्बेलेले बराबरी गोल गरे । बराबरीपछि पनि पिएसजी ५ खेलबाट १३ […]

September 22, 2024

रियलको सहज जित

एजेन्सी – रियाल म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलविरुद्ध सहज जित निकालेको छ । आइतवार बिहान भएको खेलमा रियल ४-१ ले विजयी भयो । छैटौं खेलमा रियलको‌ यो चौथो जित हो। घरेलु मैदानमा शान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले गोल गरे । स्पान्योललाई रियलले १ गोल उपहार स्वरुप दियो […]

Success

Thank you for your time.