8 years ago
July 8, 2017
मायमी (एजेन्सी)– युरोपियन फुटबल सिजन अब केही साता पछि सुरु हुँदैछ । त्यसैले गर्दा युरोपमा सरुवा बजार यति बेला तातेको छ । युरोपियन सिजन सुरु हुनुअघि प्रि सिजनले पनि समर्थकको ध्यान त्यत्तिकै तानेको हुन्छ । प्रि-सिजनमा टोलीहरुले आफ्नो नयाँ खेलाडीको अध्ययन गर्न पाउँछन् नै यसले बाहिर देशमा रहेका क्लबका समर्थकलाई पनि प्रत्यक्ष रुपमा खेल अवलोकन गर्ने मौका दिन्छ।
प्रि सिजनमा हुने इन्टरनेसन च्याम्पियनस कप (आइसीसी) ले फेरी एकपटक अमेरिका, चीन र सिंगापुरका दर्शक प्रतिस्पर्धात्मक फुटबलको भरपुर आनन्द दिनेछ । प्रि सिजन मैत्रीपूर्ण खेलले घरेलु लिगको तयारीका लागि राम्रो अवसर जुटाउने छ।
आइसीसीले हरेक बर्ष त्यस्तै युरोपियन टोलीबीच उत्कृष्ट मैत्रीपूर्ण खेल आयोजना गर्दै आएको छ । आइसीसीले ले मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको यो पाँचौं सिजन हो । यसले आयोजना गर्ने मैत्रीपूर्ण खेलमा युरोपका चर्चित र बलिया टोलीहरु एकअर्काबीच प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक हुने १० चर्चित मैत्रीपूर्ण खेल
१० . बायर्न म्युनिखविरुद्ध एसी मिलान
बायर्न म्युनिख र एसी मिलानबीच आइसीसीको प्रि सिजन मैत्रीपूर्ण खेलमा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । यी र्दुइबीचको खेल चीनको सांघाई रंगशालामा हुनेछ । सांघाई एसजीपीजीको घरेलु मैदानको दर्शक क्षमता ८० हजार रहेको छ ।
९. पेरिस सेन्ट जर्मेनविरुद्ध युभेन्ट्स
फ्रान्सेली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इटालियन च्याम्पियन युभेन्ट्सको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल २६ जुलाईमा मायमीमा हुनेछ ।
८. बायर्न म्युनिखविरुद्ध आर्सनल
मिलानसँग खैलनुअघि बायर्न म्युनिखले इङ्लिस क्लब आर्सनलको सामना गर्नेछ । सांघाईमा यी दुई टोलीबीच जुलाई १९ मा प्रतिस्पर्धा हुनेछ ।
७.रियल म्याड्रिडविरुद्ध म्यानचेस्टर सिटी
जिनेदिन जिदानको टोलीले जुलाई २६ मा म्यानचेस्टर सिटीको सामना गर्नेछ । ९० हजार दर्शक क्षमता भएको अमेरिकाको लस एन्जलसमा यी दुई टोलीले चुनौति पेश गर्नेछन् ।
६. चेल्सीविरुद्ध बायर्न म्युखिन
इङ्ल्यान्डको च्याम्पियन चेल्सी र जर्मनीको च्याम्पियन बायर्न म्युखिनबीच जुलाई २५ मा सिंगापुरको राष्ट्रिय रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ । यसअघि यी दुई टोली सन् २०१२ को च्याम्पियन्स लिग फाइनलमा भिडेका थिए ।
म्युनिखमा भएको फाइनलमा चेल्सी पेनाल्टी सुट आउटमा विजयी भएको थियो । अहिले दुवै टोलीलाई इटालियन प्रशिक्षकले सम्हालेका छन् । कार्लो एन्सेलोटीसँग बायर्न र एन्टोनियो कोन्टेसँग चेल्सीको बागडोर छ ।
५.म्यानचेस्टर युनाइटेडविरुद्ध बार्सिलोना
बार्सिलोना र म्यानचेस्टर युनाइटेडबीच जुलाई २६ मा ल्यान्ड ओभरको फेडेक्स फिल्डमा प्रतिस्पर्धा हुनेछ । जुन रंगशालाको दर्शक क्षमता ८२ हजार रहेको छ । युनाइटेडका हालका प्रशिक्षक जोजे माउरिन्हो स्पेनमा रियल म्याड्रिडको नेतृत्व गरिरहँदा बार्सिलोना उच्च फर्ममा थियो।
गत सिजन रियलले ३ वटा उपाधि जित्यो । बार्सिलोनाले केही साता अघि मात्र इर्नेस्टो भेल्भेर्डेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको थियो ।
४.बार्सिलोनाविरुद्ध युभेन्ट्स
गत सिजनको च्याम्पियन्स लिग क्वार्टरफाइनलको झझल्को दिने गरि बार्सिलोना र युभेन्ट्सबीच जुलाई २२ मा मैत्रीपूर्ण खेल हुनेछ । यी दुई टोलीबीच न्यू जर्सीमा हुने रंगशाला अहिले सम्मकै सबैभन्दा महंगो रंगशाला भएको बताइएको छ ।
स्ट्राइकरत्रय मेस्सी, नेयमार र स्वारेज रहेको बार्सिलोनाले बोनुचि, ब्राजाघ्ली र चिलिनी जस्ता रक्षको सामना गर्नेछ । त्यस्तै युभेन्ट्सँग त्यस्तै चर्चित गोन्जालो हिगुइन, पाब्लो डेबाला र आन्द्रेस इनियस्टा जसता फरवार्ड हुनेछन् ।
३.रियल म्याड्रिडविरुद्ध म्यानचेस्टर युनाइटेड
युइएफए सुपर कपको फाइनल अघि रियल र युनाइटेडबीच मैत्रीपूर्ण खेल हुनेछ । मैत्रीपूर्ण खेल जुलाई २६ मा सान्ता क्लारामा हुनेछ । त्यस्तै सुपर कपको फाइनल मासेडोयिनामा असस्टको ९ मा हुनेछ ।
रियल पूर्व प्रशिक्षक जाजे माउरिन्हो यति बेला युनाइटेडको कमाल सम्हालिरहेका छन् । स्ट्राइकरत्रय बेल, बेन्जिमा र रोनाल्डो जस्ता खेलाडीको चुनौतिको सामना युनाइटेडका रक्षकहरुले गर्नुपर्नेछ ।
२.म्यानचेस्टर युनाइटेडविरुद्ध म्यानचेस्टर सिटी
म्यानचेस्टर डर्बीको खेलमा समर्थकलाई खेलले मात्र मजा नआउन सक्छ । त्यहाँ युनाइटेडका प्रशिक्षक जोजे माउरिन्हो र पेप ग्वार्डिओलाबीच हुने नोकझोकले खेललाई अर्को रोमाञ्चकतामा पु¥याउनेछ । यी दुई सहरी प्रतिद्वन्द्विबीच जुलाई २० मा हस्टनस्थित एनआजी रंगशालमा प्रतिस्पर्धा हुनेछ ।
१.रियल म्याड्रिडविरुद्ध बार्सिलोना
रियल म्याड्रिडले मायमीको हार्ड रक रंगशालामा जुलाई २९ मा हुने मैत्रीपूर्ण खेलमा अन्तरिक प्रतिद्वन्द्वि बार्सिलोनाको सामना गर्नेछ । २५ बर्षयता पहिलो पटकट ‘एल क्लासिको’ स्पेन बाहिर खेलिदैछ ।
मायमीको जनसंख्याको ७० प्रतिशतले स्पेन भाषा बोल्ने भएकोले ६५ हजार ३ सय २६ दर्शक क्षमताको रंगशाला पुरै भरिने अपेक्षा गरिएको छ । मैत्रीपूर्ण खेलपछिको अर्को महिना यी दुई स्पेनिस महारथीबीच दुई लेगको स्पेनिस सुपर कपमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेल अगस्ट १२ र अर्को १५ मा हुनेछ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]