8 years ago
July 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले घोषणा गरेको १२ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् ।
त्यहाँ हरेक साता उत्कृष्ट ११ छनोट हुने गरेको छ । लिगा १ मा २० टोलीको सहभागिता छ । यो साता रोहितको टोली पर्सिजा जाकार्ताले लिगा १ मा ग्रिसिक युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो । केहि साताअघि खराब प्रदर्शनका कारण दबाबमा रहेको पर्सिजा पछिल्ला ६ खेलपछि भने अंकतालिकामा माथि आएको थियो ।
१२ खेलेको समाप्तीपछि रोहितको टोली ५ जित, ४ बराबर र ३ हारका साथ १९ अंक जोडेर छैटौं स्थानमा छ । यो सिजनको सुरुआतमा पर्सिजामा आबद्ध भएका रोहित पहिलो पटक उत्कृष्ट ११ मा परेका हुन् । गत महिना राजधानीमा यमनसँगको एसियन कप छनोट खेलेर रोहित इन्डोनेसिया फर्केका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]